काठमाण्डु– मोरङ जिल्लाभर ‘डिजे’ प्रयोगमा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गर्दै अर्को आदेश नभएसम्मका लागि डीजे बजाउन रोक लगाएको हो ।
मोरङ जिल्ला भित्र आयोजना हुने मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराणलगायतका कुनै पनि कार्यक्रममा डीजेको प्रयोग गर्न पाइने छैन ।
‘यो सूचना विपरीत कसैले डिजेको प्रयोग गरे वा गराएको पाइएमा कानून बमोजिम कारबाही गरिनेछ ।’ सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा भनिएको छ ।





प्रतिक्रिया