भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त भयो : समाजवादी मोर्चा

भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त भयो : समाजवादी मोर्चा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – समाजवादी मोर्चाले राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको आरोप लगाएको छ ।

समाजवादी मोर्चा नेपालले शनिबार पत्रकार सम्मेलन गर्दै भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त रहेको भन्दै नेपाली जनताको जनजीविका कहालिलाग्दो अवस्थामा रहेको जनाएको छ ।

मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् । राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त छ । नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ ।’

मोर्चाले सरकार बिचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित रहेको भन्दै सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीव्र रूपमा बढ्दै गएको जिकिर गरेको छ ।

यसैगरी समाजवादी मोर्चाले काठमाण्डुमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति चैत १५ गते संयुक्त विरोध आन्दोलन गर्ने जनाएको छ ।