यी ५ सुन्दरी बडिगार्ड, जसले राजकुमारदेखि धनीलाई दिन्छन् सुरक्षा


लिबियाका तानशाह मुअम्मर गद्धाफीलाई उनकी महिला बडिगार्डका कारण दुनियाँभर चिनिन्थयो । गद्धाफीसँग महिला बडिगार्डको सिंगो दस्ता चल्थ्यो । केवल गद्धाफी मात्रै होइनन्, कयौं यस्ता धनीहरु छन्, जो महिला बडीगार्ड राख्छन् ।

दुनियामा महिला बडिगार्ड हायर गर्ने ट्रेण्ड बढिरहेको छ । सबैभन्दा बढी चीनका धनी मानिसहरु महिला बडीगार्ड भर्ति गरिरहेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङकी महिला बडिगार्डको विषयमा समेत चर्चा हुने गर्छ ।

यी पाँच बडी गार्ड जसले विश्व नेताका साथै कयौ धनीहरुलाई सुरक्षा दिएका छन् ।


१. लेडी ब्राडलेस


लेडी ब्राडलेसले पहिले पुलिस अफिसरका रुपमा काम गरेकी थिइन् । त्यसपछि उनी पेरुका राष्ट्रपति आलेहान्द्रो तोलेडोकी बडिगार्ड बनिन् । उनले मार्सआर्टसको महारत हासिल गरेकी थिइन् । उनलाई गनहरु ह्याण्डल गर्ने खुबीका कारण पनि चिनिन्थ्यो ।

राष्ट्रपतिको बडीगार्ड रहँदा उनीमाथि आलेहान्द्रोसँग अफेयर चलाएको आरोप लाग्यो । त्यसपछि उनले सेक्युरिटी बिजनेश छाडेर मोडलिङ सुरु गरिन् ।

२. किम मारी पेन


अष्ट्रेलियामा जन्मिएकी किम मारी पेन केवल एक वडिगार्ड नभएर एक्सन हिरो समेत हुन् । उनले कयौ फिल्ममा समेत अभिनय गरिसकेकी छिन् । उनी सेक्युरिटी कम्पनी ‘सिग्नल ८ सेक्युरिटी’की संस्थापक हुन् । किम इन्टरनेशनल बडीगार्ड फर हङकङ एसएआर÷चीन की समेत निर्देशक हुन् । उनी हलिउड स्टार सिलवेस्टर स्टलोन, डान जोनसन र ब्रुस लबिलिसकी बडिगार्ड रहिसकेकी छिन् ।

३. एना लोगिनोवा


रुसकी एना लोगिनोवा देशका बिलिनियर्सका साथै कयों हाई प्रोफाइल पर्सनालिटिजकी बडिगार्ड रहिसकेकी छिन् । पहिले मोडलका रुपमा काम गरिसकेपछि लोगिनोवाले मार्सल आर्ट र बडिगार्ड बन्ने प्रशिक्षण लिइन् । उनलाई सबैभन्दा सुन्दरी बडिगार्ड रुपमा गनिन्छ । उनको आफ्नो काम गर्ने दौरानमा मृत्यु भइसकेको छ । तर, उनीले सुरु गरेको स्टाइलेट सेक्युरिटी एजेन्सी रसियन बिलिनियर्सको सेक्युरिटी दिने काम गरिरहेको छ ।

४. लि विनजिङ


लि विनजिङ चीनका एक धनाढ्यको मात्र होइन् कयौं धनीहरुको महिला बडिगार्ड सर्विस उपलब्ध गराउँछिन् । साउथ चाइना मर्निङ पोष्टकाअनुसार विनजिङ चीनकी एकमात्र ट्रेन र कमब्याट इक्वीपड बडिगार्ड हुन् । चीनका कयौं धनीहरुको बडिगार्ड रहिसकेपछि उनले अहिले आफ्नै सेक्युरिटी एजेन्सी खोलिसकेकी छिन् । जसमार्फत उनले चीनका धनीहरुलाई महिला बडिगार्ड उपब्लध गराउँदै आएकी छिन् ।


५. मारिया टेरेसा बोरेलो


मारिया टेरेसा बोरेलोले मार्सल आर्ट र गन तथा पेस्तोल समेत अन्य हतियारहरु ह्यान्डल गर्ने महारतका हासि गरेकी छिन् । मारिया बेलायतको शाही घरानामा बडिगार्ड रुपमा काम गर्छिन् । प्रिन्स बिलियम चाल्र्स र केट मिडलटनका छोरा प्रिन्स जर्जको सुरक्षाको जिम्मा उनीमाथि नै रहेको छ ।

उनमाथि केवल प्रिन्स जर्जको सुरक्षाको मात्र जिम्मेवारी छैन्, उनलाई हरेक ठाउँ र हरेक तरिकाले सुरक्षा राख्नु पनि जिम्मेवारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement