सगरमाथाको उचाई घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति


काठमाण्डु – सरकारले सगरमाथाको उचाई घोषणा गर्न स्वीकृति दिएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई सगरमाथाको उचाइ घोषणा गर्न स्वीकृति दिएको हो ।

नापी विभागले केही उपकरणबाहेक आफ्नै स्रोत र साधनमा उचाइ नापेको थियो । योसँगै सगरमाथाको उचाई बढ्ने बैठकमा सहभागी ती मन्त्रीले बताए ।

भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले लगेको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । उचाई घोषणा गर्नका लागि परराष्ट्र मन्त्रलायले चीनसँग सहकार्य गर्ने भएको छ । हाल सगरमाथाको उचाई ८८४८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement