आज फेरि उग्र बन्यो एमसीसीविरुद्धको आन्दोलन (फोटोफिचर)


काठमाण्डु – एमसीसीको विरोधमा आज पनि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भएको छ । नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी लगायत विभिन्न राजनीतिक दलका जनबर्गीय संगठनहरुका कार्यकर्ताले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच आज पनि झडप भएको छ । संसद् भवन अगाडि प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूले ढुंगामुडा प्रहार गर्न थालेसँगै प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेको छ । प्रहरीले लगाएको ब्यारिकेड तोड्न खोजेपछि प्रहरीले भीडलाई तितरबितर बनाउनका लागि अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको हो ।

प्रहरीको अश्रुग्यास र लाठी प्रहारबाट केही प्रदर्शनकारी घाइते भएका छन् । निषेधित क्षेत्र तोडेर पसेका आन्दोलनकारीको ढुंगा प्रहारबाट केही प्रहरी पनि घाइते भएका छन् ।

तीनकुने–माइतीघर सडक खण्डमा अहिले सवारी आवागमन बन्द छ । केहि प्रदर्शनकारीलाई प्रहरीले लखेटेर बबरमहल पुर्याएको छ भने प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरी सकेको छ । गत आइतबारको जस्तै आज पनि एमसीसीविरुद्धको प्रदर्शन उग्र हुँदै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement