काठमाण्डु- चलचित्र ‘लालीबजार’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । उच्च अदालत पाटनले २३ वैशाखमा चलचित्र प्रदर्शनमा रोक लगाउने अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै चलचित्र प्रदर्शनमा आएको हो ।
षट्कोण आर्टस्ले निर्माण गरेको उक्त चलचित्रमा आमा र छोरीको कथा देखाइएको छ । निर्देशक तथा लेखक यम थापाले चलचित्र सन्तानका लागि आमाले गर्ने संघर्षको कथाका विषयमा केन्द्रित भएको बताए ।
अभिनेत्री स्वस्तिमा खड्काले विहिबार चलचित्रको प्रिमीयरमा बोल्दै आफुलाई बर्षौसम्म अभिनेत्रीका रुपमा चिनाउने चलचित्र लालीबजार बन्ने बताइन् ।
साथै चलचित्र निर्माणमा आमा र छोरीको भावनामा केन्द्रित भएकोले चलचित्र राम्रो भएको जिकीर गरिन् ।उक्त चलचित्रको पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् ।




प्रतिक्रिया