सनी लियोनी अभिनित चलचित्र ‘पासवर्ड’को ट्रेलर सार्वजनिक


काठमाडौं – बलिउडकी चर्चित नायिका सनी लियोनीको आइटम डान्स रहेको पहिलो नेपाली चलचित्र ‘पासवर्ड’को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा नेपालको एक मन्दिरको बहुमूल्य मूर्ति चोरी भएको देखाइएको छ । चलचित्रमा नायक अनुपविक्रम शाहीलाई स्टाइलिस लुक्समा देख्न सकिन्छ ।

चलचित्रमा नायक शाहीसहित, बुद्धि तामाङ, विक्रम जोशी, परि राणा, रविन्द्र झा, धिरेन शाक्य, छुल्ठिम गुरुङ, प्रविण खतिवडा लगायतको अभिनय रहेको छ । रिलिज ट्रेलरमा नेपाल र बेलायतका दृश्यहरु देख्न सकिन्छ । चलचित्रमा सनी लियोनले ‘सनी मेरो नाम’ गीतमा नृत्य गरेकी छिन् ।

एवी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् भने महेद दवाडी र बस्नेतकै पटकथा र सिमा गुरुङको कथा रहेको छ । अंकित गौतम कार्यकारी निर्माता रहेकोमा लगानी अमित बस्नेत र हिराल जोशीको छ । रिलिज ट्रेलरमा अनुपलाई खलपात्रको भूमिकामा देखाइएको छ । चलचित्र ‘पासवर्ड’ भदौ २७ गते प्रद्धर्शन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement