चलचित्र ‘जाइरा’ को ट्रेलर सार्वजनिक


काठमाडौं – चलचित्र ‘जाइरा’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा नायिका श्रेष्ठको प्रेम र बदला भावलाई देखाइएको छ । आशुतोष राज श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा नम्रतासँगै अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सिर्जना रेग्मी, रेमोन दास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगर लगायत कलाकारको अभिनय रहेको छ ।

यो फिल्म भदौ ६ गते देखि प्रर्दशन हुँदैछ । चलचित्रको ट्रेलरमा नम्रतालाई जती स्थान दिनुपर्ने हो त्यती स्थान दिइएको छैन । ट्रेलरमा ‘राजा’ नामले देखिएका प्रमोद र ‘बुलेट’ नामले देखिएकी श्रृजनालाई दर्शकले नोटिस गर्न सक्छन् ।

चलचित्रमा नम्रताको संघर्ष, पृष्ठभुमी र बदलालाई स्थान दिईएको पाईंदैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement