काठमाण्डु-विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अफ्रिकामा महाद्विपमा फैलिएको मन्कीपक्स (एमपक्स) लाई विश्वव्यापी जनस्वास्थ्य आपतकालिन घोषणा गरेको छ ।
डब्ल्यूएचओले यस विषयमा बोलाएको विज्ञसहितको बैठकपछि तीब्रगतिमा फैलिरहेको एमपक्सलाई जनस्वास्थ्य आपतकाल घोषणा गरेको हो । डब्ल्यूएचआ अधिकारीहरूले डेमोक्रेटिक रिपब्लिक अफ कांगो र छिमेकी देशहरूमा नयाँ छिटो फैलिने भेरियन्ट पत्ता लागेको समेत बताएका छन् ।
प्रकोप बढेसँगै अफ्रिकी सङ्घले आफ्नो क्षेत्रमा सार्वजनिक स्वास्थ्य आपतकालिन घोषणा गरेपछि १६ अन्तर्राष्ट्रिय विज्ञहरूको भेला गरेको थियो ।
एमपक्स प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा व्यापक फैलिएको छ । जहाँ पहिले मन्कीपक्स भनिने भाइरस पहिलो पटक सन् १९७० मा मानिसमा फेला परेको थियो । त्यहीँबाट अन्य देशहरूमा फैलिएका छ ।
डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले यस वर्ष कङ्गोमा हालसम्म १४ हजारभन्दा बढी एमपक्सका केसहरू र ५२४ जनाको मृत्यु भएको जनाएको छ ।
साथै, यो रोगले ज्वरो, मांसपेशी दुख्ने र ठूलो फोका जस्तै छालाको घाउ निम्त्याउँछ । यो रोग नियन्त्रणका लागि डब्ल्यूएचओ विशेषज्ञहरूले दुईवटा खोपहरू सिफारिस गरेका छन् ।
वैज्ञानिकहरूले यस रोगको नयाँ भेरियन्ट छिटो फैलिरहेको र यसको उच्च मृत्यु दरका कारण चिन्ता व्यक्त गरेका छन् ।
एमपक्स यौन सम्पर्क, छालादेखि छाला सम्पर्क र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि सर्नसक्छ । यसमा फ्लू जस्ता लक्षणहरु देखिन्छन् । छालामा घाउहरू हुन्छन् । यो रोगबाट मृत्युको अनुपात १०० मा चार छ ।
नेपालमा पहिलो पटक २०८० को असारमा एमपक्सको संक्रमण पुष्टि भएको थियो । नेपालमा रहेकी एक विदेशी महिलामा उक्त संक्रमण देखिएको थियो ।
प्रतिक्रिया