फिल्म प्रमोसनका लागि मिस्टर भर्जिन प्यारोडी प्रतियोगिता


काठमाडौ – पछिल्लो समय चलचित्र प्रमोसनका लागि चलचित्र मेकरहरुले विभिन्न उपायहरु अपनाउने गरेका छन् । चलचित्र मिस्टर भर्जिनले पनि एक नयाँ प्रतियोगिताको घोषणा गरेको छ ।

मिस्टर भर्जिन टिमले सार्वजनिक भएको चलचित्रको ट्रेलरको प्यारोडी बनाउने प्रतियोगिताको घोषणा गरेको हो । प्रतियोगीतामा ट्रेलरको प्यारोडी बनाएर सहभागीता जनाउन सकिने छ । आफूले निर्माण गरेको प्यारोडी दर्शक स्रोताले [email protected] मा पठाउन सक्ने चलचित्र यूनिटले जनाएको छ ।

प्यारोडी साउन ३० सम्म उक्त इमेलमा पठाउन सकिन्छ । सहभागी प्यारोडी मध्य उत्कृष्ट तीनले क्रमशस् ५० हजार, २५ हजार र १० हजार रकम पुरस्कार जित्न सक्नेछन् ।

सेक्स कमेडीमा बनेको चलचित्र ‘मिस्टर भर्जिन’लाई बिरासत बस्नेतले निर्देशन गरेका हुन् । यही आउँदो भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा गौरव पहारी, विजय बराल ,कमलमणि नेपाल, मरिष्का पोखरेल, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement