मुगु सामूहिक हत्या प्रकरण : पक्राउ परेका आराेपितलाई प्रहरीले आज सार्वजनिक गर्दै


काठमाण्डु – मुगु सामूहिक हत्या घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ ।

पक्राउ परेका मुगु छायाँनाथ रारा नगरपालिकाका ३० वर्षीय गोरखबहादुर शाहीलाई प्रहरीले आज सार्वजनिक गर्ने जनाएकाे छ । उनलाई प्रहरीले बुधबार सुर्खेतबाट पक्राउ गरेको थियाे ।

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका उनी मृतक परिवारका आफन्त रहेको बुझिएको छ। सो घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोली आइतबार मुगु गएको थियो ।

उक्त घटनामा २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहरको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement