गर्मी छल्न मुहानपोखरी झरना (फोटो फिचर)


भक्तपुर भक्तपुरस्थित चाँगुनारायण नगरपालिका ६ मा रहेको मुहानपोखरी झरना एक आकर्षक केन्द्रको रुपमा रहेको छ । गर्मी बढेसँगै भक्तपुर चाँगुनारायण नगरपालिका मुहानपोखरीमा रहेको झरनामा पुगेर रमाउने युवायुवतीकाे संख्या बढेको हाे ।

उपत्यका र आसपासका जिल्लाबाट समेत युवाहरु तथा परिवार सहित झरनामा नुहाउन र घुम्न आउने गरेका छन् । शान्त, सुन्दर, हरियाली वातावरण, वन जङ्गल र ग्रामीण क्षेत्रमा अवस्थित भएको कारणले गर्दा आजभोलि यस झरना युवायुवतीको लागि आकर्षक केन्द्रको रुपमा रहेको छ ।

छाँगामा नुहाउने, एक आपसमा पानी छ्यापाछ्याप गरेर रमाइलो गर्ने र शान्त वातावरणको आनन्द लिनका लागि मानिसहरू यहाँ जाने गर्छन् ।

यो एक पर्यटक क्षेत्र पनि भएको छ । नगरकोट जाने पर्यटकहरु पनि यस झरनामा रमाइ रमाइ नुहाउने गरेका छन् । कमल विनायकको भत्केको पाटी हुँदै जाँदा नगरकोट जाने बाटोबाट छुट्टिएर दायाँ बागेश्वरतर्फ गएपछि मुहान पोखरीमा पुगिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement