चौरसिया हत्या प्रकरणः तिवारी पक्राउ, पूर्वसांसदसहित ८ जना फरार


काठमाण्डु – प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

चौरसियाको हत्या आरोपमा पर्सा बिन्दवासिनी गाउँपालिका–४ मधवलका ३२ वर्षे उत्तम भनिने निरञ्जन तिवारी पक्राउ परेका हुन् । तिवारीलाई वीरगञ्ज–१६ इनर्वाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले चौरसियाको हत्या आरोपमा पक्राउ परेका तिवारीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बताइन् ।

चौरसियाको हत्या आरोपमा प्रहरीले हालसम्म तिवारीसहित ४ जनालाई पक्राउ गरेको छ भने पूर्वसभासद राजकुमार गुप्तासहित ८ जना अझै फरार रहेका छन् ।

६ कात्तिकमा बिन्दवासिनी गाउँपालिका–५ मा आयोजित नेकपा बिन्दवासिनी गाउँपालिका कमिटिको सपथग्रहण कार्यक्रमस्थल बाहिर दुई पक्षबीच भएको झडपमा चौरसिया गम्भीर घाइते भएका थिए । चौरसियाको उपचारको क्रममा कात्तिक ७ गते वीरगञ्जमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement