मुकुल ढकाललाई कुट्ने स्वर्णिम वाग्लेको धम्की

मुकुल ढकाललाई कुट्ने स्वर्णिम वाग्लेको धम्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-रास्वपाका निष्कासित महामन्त्री डा. मुकुल ढकालले उपसभापति डा. स्वर्णिम वाग्लेको सचिवालयले आफूलाई भौतिक आक्रमण गर्ने धम्की आएको दाबी गरेका छन् ।

शनिबार राति वाग्लेको सचिवालयबाट फोन गरी ‘कुट्ने, नछाड्ने’ भन्ने धम्की आएको ढकालले दाबी गरेका छन् । आफूले सुरक्षाका लागि प्रहरीलाई अनुरोधसमेत गरेको उनले बताएका छन् ।

ढकालले आइतबार फेसबुकमा लेखेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटकपटक फोन गरे, फोन उठाइनँ । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनँ’ लगायत अनेक भनेकाले हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’

शनिबार राति हिमालय टेलिभिजनमा दिएको अन्तर्वार्तामा ढकालले नेपाललाई भारतकै एउटा राज्य बनाउने प्रस्ताव राख्ने र रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने समझदारी गर्न आफूलाई खटाइएको दाबी गरेका थिए ।

‘रवि लामोछाने, स्वर्णिम वाग्ले, शिशिर खनाल र आफूसमेत काठमाडौँको एक होटलमा भारतीय राजदूतसँग भेट गरेको र सोही भेट सकेर फर्कने क्रममा लिफ्टमा स्वर्णिमले त्यस्तो प्रस्ताव गरेको थिए’। अन्तर्वार्तामा ढकालले जिकिर गरेका छन् ।

रास्वपाबाट कारबाहीमा परेपछि ढकालले नेतृत्वको भण्डाफोर गर्दै आएका छन् ।