पिच परिवर्तनको विवादबारे न्यूजिल्याण्डका कप्तानले के भने ?


काठमाण्डु- मुम्बईको वानखेडे स्टेडियममा जारी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डलाई ७० रनले पराजित गरेको छ । तर, यो खेल सुरु हुनेबित्तिकै सामाजिक सञ्जालमा वानखेडे पिचलाई लिएर विवाद सुरु भयो।

बेलायती पत्रिका ‘डेली मेल’ले भारतीय टोली व्यवस्थापनको पिचबारेको अनुरोधलाई आईसीसीले स्वीकार गरी परिवर्तन गरेको र नयाँ पिचको सट्टा पुरानो पिचमा खेल खेलाइएको दाबी गरेको छ ।

तर, खेलपछिको पत्रकार सम्मेलनमा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले खेल पुरानो पिचमा खेलिएको तर राम्रो पिच भएको भन्दै यो विवादको अन्त्य गरेका छन् ।

विलियमसनले के भने ?

यो सत्य हो कि पहिला प्रयोग भएकै पिचमा म्याच खेलाइएको थियो तर पिचको सतह निकै राम्रो थियो । त्यसको पूरा फाइदा उनीहरुले खेलको पहिलो हाफमा पाएका थिए । प्रतियोगिताको क्रममा हामीले प्रकाशमा अवस्था परिवर्तन भएको देख्यौं।

उनीहरुले साँच्चै राम्रो खेल खेले। यस प्रतियोगितामा यहाँसम्म पुग्न नसक्नु निराशाजनक छ । तर, जब हामीले पछिल्लो सात हप्ताको यात्रालाई हेर्छौं, हामी देख्नेछौं कि हामीले राम्रो टोलीसँग हारेका छौं।

भारत विश्वको उत्कृष्ट टोली हो र उनीहरु अहिले आफ्नो उत्कृष्ट क्रिकेट खेलिरहेका छन् । यस्तो अवस्थामा उनीहरुलाई जित्न गाह्रो छ । उनले यो पूरै प्रतियोगितामा देखाएको खेल अविश्वसनीय छ। उनीहरु पूर्ण आत्मविश्वासका साथ फाइनल पुग्नेमा कुनै शंका छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement