काठमाडौं – राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई पुर्याई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको छ । ‘पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक’ शीर्षकमा ८ असारमा समाचार प्रकाशित भएपछि राष्ट्रिय मानवअधिकार आयोगको पहलमा दिल्लीस्थित नेपाली दूतावासले उद्धार गरेर घर फर्काएको हो । उनीहरू बिहीबार साँझ आइपुगेका छन् ।
सिरहाको लहान नगरपालिका–१५ लग्राहाका १४ वर्षीय विजय सदाय र १६ वर्षीय सरोज सदाय तथा सप्तरीको बोदेबर्साइन नगरपालिका–६ प्रीतमपुरका १४ वर्षीय प्रमोदकुमार सदाय, १४ वर्षीय ललकु सदाय र उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाटका १६ वर्षीय अक्षय सदायको उद्धार भएको हो । यो खबर नयांपत्रिका दैनिकमा छ ।




प्रतिक्रिया