पवित्रालाई एसिड हान्ने मुन्नाको बयानः रक्सी भनेर फ्योकेको थिँए, आफ्नै हात जलेपछि थाहा भयो एसिड रहेछ


काठमाण्डु – २२ वर्षे युवतीलाई एसिड प्रहार गर्ने आक्रमणकारीले साहुको आदेशमा एसिड प्रहार गरेको बयान दिएका छन् । बिहिबार राति ११ बजे पक्राउ परेका भारतीय नागरिक मुन्ना मोहम्मदले साहुको निर्देशनमा एसिड हानेको प्रहरीसमक्ष बयान दिएका हुन् ।

यस्तो छ आक्रमणकारीको बयान

‘मलाई धेरै कुरा थाहा थिएन । साहुले रक्सीको बोतलमा दियो । मलाई लाग्यो, यो रक्सी हो । साहुजीले यसरी फ्याकेर आइज भनेको थियो । त्यसपछि गाडी खुलेपछि गाउँ जान भन्यो ।

म पढे लेखेको थिइन, त्यसैले थाहा हुने कुरै भएन । जब हातमा परेर पोल्यो, त्यसपछि यो के चिज हो भन्ने भयो । साहुजीले भनेपछि नजिकबाट फ्याकेको थिएँ । त्यसपछि साहुले मलाई मोटरसाइकलमा चढाएर कारखानासम्म लगे । मलाई त्यसवापत एक रुपैयाँ पनि दिएका छैनन् ।’

रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलमले कामदार लगाएर ओखलढुंगा घर भएकी पवित्रा कार्कीमाथि एसिड प्रहार गरेका थिए ।

तर, महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको द्रुत एक्सनका कारण मुन्ना र मोहम्मद बिहीबार राति ११ बजे पक्राउ परेका हुन् ।

घटनास्थल नजिकै रहेको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा प्रहरीले मुन्नालाई पक्राउ गरेको हो ।
साहु मोहम्मदले पनि अभियोग स्वीकारेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement