बुटवलमा आमासहित २ छोरीको हत्या

बुटवलमा आमासहित २ छोरीको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बुटवल उपमहानगरपालिका होराइजन चोकस्थित मिलिजुली पथमा आमासहित दुई छोरीको हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्की ३ जनाको हत्या भएको जानकारी दिए। आमा ३३ वर्षकी दीपा बस्यालसहित छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या भएको छ ।

हत्याको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुरज कोइराला छन्। प्रहरीका अनुसार उनी दीपाका पूर्वश्रीमान हुन्। अहिले भने डिभोर्स गरेर छुट्टै बसिरहेको खुलेको छ ।

सुजन यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल सजाय भएका थिए । तर केही वर्षपहिले उनलाई कैद माफी दिइएको बताइएको छ । पूर्वपति सुजनले घरमै बोलाएर पूर्वश्रीमती र छोरीहरुको हत्या गरेको प्रहरीले जनाएको छ ।

सम्बन्ध विच्छेदपछि दीपाले अर्का युवासँग विहे गरेकी थिइन् । विहेपछि दुई छोरीको जन्म भएको थियो ।