दाउराको चिर्पटले हिर्काएर श्रीमतीको हत्या


काठमाण्डु – मादक पदार्थ सेवन गरेका श्रीमानले दाउराको चिर्पट प्रहार गरेर खोटाङमा श्रीमती हत्या गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको लालीखर्कस्थित फलाँटेका दावा शेर्पाले चिर्पटले हान्दा ३६ वर्षीय लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ ।

सामान्य वादविवादका क्रममा दावाले बिहीबार साँझ चिर्पट प्रहार गर्दा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काले बताए ।

प्रहरीले लाक्पा डिकुको शव घरभन्दा करीब २०० मिटर टाढा रहेको गोरेटो बाटोमा फेला पारेको थियो । घटनाको जानकारी आएपछि अस्थायी प्रहरी बिट रत्नपार्क दिक्तेलबाट खटिएको प्रहरीको टोलीले दावालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement