नेपाल-भारत सीमा क्षेत्रमा गोली हानी महिलाको हत्या


काठमाण्डु – नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी गोली हानी एक महिलाको हत्या भएको छ ।

मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले अन्दाजी २५ वर्षीया महिलालाई शनिबार राति ८:१८ बजे गोली हानी भारततर्फ नै भागेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको र कुन देशको नागरिक भन्नेसमेत पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । महिलालाई दुई राउन्ड गोली लागेको र उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement