संखुवासभामा प्रधानाध्यापक हत्या प्रकरणमा एक पक्राउ

संखुवासभामा प्रधानाध्यापक हत्या प्रकरणमा एक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ वालुङ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक नरकुबिर खम्बु राईको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

संखुवासभा प्रहरी प्रमुख डिएसपी कुमारप्रसाद मैनालीले पक्राउ परेका व्यक्तिसँग घटनाबारे सोधपुछ भइरहेको बताए ।

प्रहरीले पक्राउ परेकाको परिचय खुलाएको छैन ।

बिहीबार राति विद्यालय परिसरमै रहेका राईमाथि खाना खाएर हात धुन बाहिर निस्किएका बेला गोली प्रहार भएको थियो ।

सिलिचोङ गाउँपालिका–५ याफुका राई करिब एक वर्षदेखि कालिका आधारभूत विद्यालयमा करार सेवामा प्रधानाध्यापकका रूपमा कार्यरत थिए ।