वर्षाैँअघि चोरी भएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुन:स्थापना

वर्षाैँअघि चोरी भएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुन:स्थापना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिका–२३ जोर गणेश ओम बहाल टोलस्थित न्हुँछे बहा बज्रधातु विहारबाट वर्षौँअघि चोरी भएको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बुद्ध मूर्ति अमेरिकाबाट फिर्ता ल्याएर पुन:स्थापना गरिएको छ ।

मूर्ति गैरकानुनी रूपमा विदेश पुर्‍याइएपछि अमेरिकाको तिब्बत हाउस न्यूयोर्कस्थित संग्रहालयमा पुगेको थियो । नेपाली पुरातात्विक सम्पदाको संरक्षणमा सक्रिय निकायहरू, सम्पदा अभियन्ताहरू तथा सम्बन्धित संस्थाहरूको दीर्घकालीन पहल र सहकार्यपछि मूर्ति २०७८ फागुन १८ गते नेपाल फिर्ता ल्याउन ल्याइएको थियो ।

नेपाल ल्याइएपछि मूर्तिलाई केही समयका लागि राष्ट्रिय संग्रहालयमा सुरक्षित रूपमा संरक्षण गरिएको थियो । पुरातत्व विभागका अनुसार अब मूर्तिलाई यसको मूल स्थान न्हुँछे बहा बज्रधातु विहारमा पुन:स्थापना गर्दै सम्बन्धित गुठीयारहरूको संरक्षकत्वमा हस्तान्तरण गरिएको छ ।

स्थानीय वासिन्दा तथा गुठीयारहरूले मूर्तिको घटनालाई नेपालबाट चोरी भएका अन्य सम्पदाहरू फिर्ता ल्याउनका लागि प्रेरणादायी उदाहरणका रूपमा पनि उल्लेख गरेका छन् ।