यस्ता छन् हिन्दु संस्कारहरुका बैज्ञानिक कारण


मुस्कान खनाल, युवा ज्योतिषी

काठमाण्डु – वर्तमान समयमा समाजमा आफुलाई आधुनिक भन्न रुचाउने केहि वर्गले हाम्रा सँस्कार अनि धार्मिक रीति–रिवाजलाई केवल पाखण्ड भन्न रुचाउँछन् । किनकि उनिहरुको दृष्टिकोण अनुसार हाम्रा सनातन सँस्कार एवम् धार्मिक मान्यताहरुमा कुनै वैज्ञानिक आधारहरु छैन ।

तर त्यसो होइन , हाम्रा ऋषि मुनि हरुले मानव जाति को कल्याण होस, समाजमा अराजकता न फैलियोस भनेर केहि सिद्धान्त एवम् नियमहरु बनाए तर त्यति बेलाको समाज ले विज्ञानको भाषा बुझ्न नसक्ने हुनाले हरेक सिद्दान्तको वैज्ञानिक व्याख्या गर्न आवश्यक ठानेनन तर आजको वैज्ञानिक युग मा कुनै पनि नियम (सिद्धान्त)लाई ग्रहण गर्नु भन्दा पहिले विज्ञान को कसौटी मा नापेर हेरिन्छ । त्यसैले यि मान्यता हरुको धार्मिक पक्ष को अलावा वैज्ञानिक पक्षको समेत स्पष्ट गर्नु आवश्यकता बन्न पुगेको छ ।

हाम्रा बराजुहरुले पालना गर्दै आएका धेरै संस्कारहरु रुढिवादी हैन, समयसापेक्ष र वैज्ञानिक थिए भन्ने कुराहरु तल उल्लेखित संस्कारहरुको मूल्यले दर्शाउँछ ।

१) भोजनमा मसालेदारबाट परिकारबाट सुरु गरि मिठाइबाट अन्त्य गर्नुः

प्रायः हाम्रा परम्परागत भोज भतेरहरुमा मसालेदार खानाको परिकारहरु खुवाई भोजन सुरु गरिन्छ र अन्ततः मिठाइहरु खुवाई समापन गरिन्छ । बाजे बराजुहरुको पालादेखि चली आएको यो परम्परा अनुसार मसालेदार खानाले पाचनदार रस तथा एसिडहरु उत्पादन गर्दछ जसले खाएको खानाहरु आरामले पचाउन सहयोग पुर्याउँछ । भोजनको अन्त्यमा दिइने गुलियो मिठाइ तथा कार्बोहाइड्रेटले पाचन प्रकिया सुचारु गर्न गराउन उत्प्रेरित गर्दछ । त्यसैले मिठाइ जहिले पनि खानाको अन्त्यमा दिनु उचित हुन्छ ।

२) दुवै हात जोडेर गरिने अभिवादनः नमस्कार

हिन्दु संस्कारमा दुवै हात जोडेर नमस्कार गर्नुलाई सामान्यतया एकले अर्कोलाई सम्मान तथा अभिवादनको रुपमा बुझिन्छ । तर बैज्ञानिक अर्थमा दुवै हात जोडेर नमस्कार गर्दा हत्केलाका औंलाहरू एक आपसमा जोडी आँखा, कान र दिमागको चाप बिन्दुहरुमा सिधा असर पर्दछ र अभिवादित व्यक्तिलाई लामो समयसम्म सम्झिन सहयोग गर्छ ।

३) खुट्टाको औंलामा रिंग लगाउनु (Toe Ring)

सामान्यतः खुट्टाको दोस्रो औंलामा रिंग लगाउनुलाई विवाहित महिलाको अर्थमा बुझिन्छ । बैज्ञानिक अर्थमा खुट्टाको दोस्रो औंलाको नशा पाठेघर भै मुटुसम्म जोडेको हुन्छ । खुट्टाको औंलामा यसरी रिंग लगाउँदा पाठेघरमा दवाव सृजना गर्दछ जसले गर्दा नियमित रक्त प्रवाह गराई महिलाको महिनावारी चक्रलाई स्वस्थ र नियमित गराउन सहयोग गर्दछ ।

४) नदि/खोलामा सिक्का फाल्नु

सामान्य अर्थमा नदीनाला, खोलामा सिक्का फाल्नुलाई धार्मिक अर्थमा भाग्यवृद्धिको रुपमा बुझिए पनि वास्तविक रुपमा बैज्ञानिक तथ्यहरु छन् । प्राचिन समयमा सिक्काहरु प्रायः तामाबाट बनेका हुन्थे । खाने पानीको मुख्य श्रोत भनेकै खोलानाला हुन्थ्यो । तामा हाम्रो शरिरको लागि चाहिने एक अभिन्न धातुको रुपमा लिइन्छ । हामीले खाने पानीमा यथेष्ट तामाको मात्रा होस् भन्ने हेतुले हाम्रा बराजुहरुले नदि नालाहरुमा तामाबाट बनेका सिक्काहरु फाल्ने गरिन्थ्यो ।

५) निधारमा टिका/तिलक/कुमकुम लगाउनु

निधारमा आँखीभौ बिचको भागलाई शरीरको मुख्य स्नायु विन्दुको रुपमा लिइन्छ । तिलकलाई शक्तिनाशक प्रतिरोधकको रुपमा लिइन्छ । आँखीभौ बिच लगाइने रातो कुमकुमलाई शरीरको शक्तिलाई संचय गर्ने र विभिन्न तहको एकाग्रतालाई सन्तुलन राख्ने प्रतीकको रुपमा लिइन्छ । कुमकुम लगाउँदा निधारको मध्य भाग र आद्न्य चक्र स्वतः चापमा पर्छन् । साथै यसले अनुहारमा रक्त प्रवाह गर्न पनि सहयोग गर्छ ।

६) मन्दिरहरुमा घन्टी बजाउनु

आगम शास्त्रअनुसार खराब तथा शैतानिक शक्तिहरु भगाई सुखद र आनन्दित वातावरण बनाउनको लागि मन्दिरको प्राङ्गणमा घन्टी बजाइन्छ । बैज्ञानिक कथन अनुसार घन्टीले हाम्रो दिमागलाई शान्त बनाउँछ र भक्तिभावको लागि एकाग्र बनाउन सहयोग गर्दछ । मन्दिरमा राख्ने घन्टी यसरी बनाइएको हुन्छ कि जब यसले ध्वनि र तरंग उत्पन्न गर्दछ, यसले दिमागको दायाँ र बायाँ दुवै भागलाई एकतामा ल्याई एकाग्रता हुन सहयोग गर्दछ ।

मन्दिरमा यस्ता घन्टीहरु बजाउँदा सामान्यता तिखो तथा गुन्जायमान ध्वनी उत्पादन गर्दछ जसको प्रतिध्वनी ७ सेकेन्डसम्म गुन्जिने गर्दछ । यसरी गुन्जिने प्रतिध्वनी हाम्रो शरीरको ७ उपचारक विन्दुहरूलाई उत्तेजित बनाउनको लागि धेरै असल मानिन्छ । यसले शरिरको नकारात्मक उर्जाहरुलाई उन्मुलन गर्न सहयोग गर्दछ ।

७) हात खुट्टामा मेहन्दी लगाउनु

विशेष गरि भारतीय तथा नेपाली महिलाहरु मेहन्दीले हात खुट्टामा रंग्याउन मेहन्दी लगाएको देखिन्छ । मेहन्दीलाई एक विशेष हर्बल औषधीको रुपमा लिइन्छ । मानिसको जीवनमा विवाह एक एकदम उत्साहित तथा तनावको अवसरमा लिइने गर्दछ । जब बिबाहको दिन नजिकिन थाल्दछ, नव दुलाहा तथा दुलहीहरुलाई नौलो उत्साह तथा उमङ्गहरु शरीरको स्नायु प्रणालीमा तरंगित हुन थाल्दछ जसले गर्दा तनाब उत्पन्न भइ टाउको दुख्ने, ज्वरो आउने पनि हुन सक्दछ । तसर्थ विवाहको अवसरहरुमा महिलाहरुको हात खुट्टामा मेहन्दी लगाउने गरिन्छ जसले गर्दा तनावबाट उत्पन्न हुने नकारात्मक उर्जाहरुलाई नियन्त्रण गर्न एवं दिमागलाई शान्त पार्न सहयोग गर्दछ । हात र खुट्टा स्नायु प्रणालीको अन्तिम बिन्दुको रुपमा लिइन्छ ।

८) भुइँमा बसेर भोजन गर्नु

भुइँमा बसेर खाना खानु भनेको सुखासन आसनमा बसेर खाना खानु हो । सुखासन अर्थात अर्ध पद्मासनमा बस्दा खुट्टाहरु एक आपसमा क्रस हुने गर्दछ, जसले चेतनामा शान्ती छाएको अनुभूति हुन्छ र पाचन प्रक्रियालाई सहयोग पुर्याउछ । तसर्थ भुइमा बसेर भोजन गर्दा दिमागमा सिधा संदेश पुर्याई खाएको खानाहरुलाई सजिलै पचाउन सहयोग गर्दछ भन्ने विस्वास गरिन्छ ।

८) चरण स्पर्श ढोग गर्नु

चरण स्पर्श तथा ढोग प्रायस् धर्मगुरु वा आफु भन्दा ठुलालाई आदर स्वरूप गरिन्छ । जब आदरणीय गुरु तथा सदस्यहरुले श्रद्धाले दिएको अहंकारबिहिन चरण स्पर्श तथा ढोगलाई स्वीकार गरिन्छ, तिनीहरुको मनबाट सकारात्मक बिचार एवं उर्जा (जसलाई करुणा भनिन्छ) उत्पादन हुन्छ जुन हात तथा पाउ मार्फत चरण स्पर्शकर्तातर्फ प्रसारण हुन्छ । यसरी चरण ढोग गर्दा दुई अन्तर आत्माहरु एक आपस जोडिन्छ र अध्यात्मिक तथा कस्मिक उर्जाहरु धर्मगुरु वा आदरणीय सदश्यबाट प्रसारित हुन्छ । स्नायु प्रणाली अनुसार दिमागबाट निस्केका नसाहरु शरीरको विभिन्न भागहरुमा पुगेका हुन्छन् । शरिरको हात र खुट्टाहरु स्नायु प्रणालीको अन्तिम विन्दुहरू मानिन्छन् । हात मिलाउँदा र अंगालो मार्दा पनि उस्तै खालको उर्जाहरु एक आपसमा प्रसारण हुने गर्दछ । जब हात वा खुट्टाका औंलाहरू अर्को शरीरको हात वा खुट्टामा छुन्छ, एक किसिमको सर्किट बन्छ र दुई शरीरको अन्तरआत्माहरु जोडिन्छ । चरण स्पर्श गर्दा ढोग्नेको हात तथा औंलाहरू उर्जा प्राप्तकर्ता व्यक्ति हुन्छ भने अर्कोको पाउ उर्जा प्रदान गर्ने व्यक्तिको रुपमा चित्रित हुन्छन् ।

९) विवाहित महिलाहरुले सिन्दुर लगाउनु

सिन्दुर बेसार (Turmeric Lime) र पारो (Mercury) को समिश्रणबाट बनाइएको हुन्छ । पारोको अन्तर्निहित गुणले रक्तचापलाई नियन्त्रण गर्नु साथसाथै यौन चाहना उत्प्रेरण गर्ने गर्दछ । यसै कारणले गर्दा बिधुवा तथा अविवाहित महिलाहरुलाई सिन्दुर लगाउन बर्जित गरिएका हुन् । सिन्दुरलाई शरिरको यस्तो भागमा लगाइन्छ (Pituitary Gland को माथिल्लो भाग), जहाँ महिलाहरुको अनुभूतिहरु केन्द्रित हुन्छन् । पारोले हाम्रो शरीरको तनाव कम गर्न पनि यथेष्ट सहयोग गर्दछ ।

१०) किन उत्तर दिशामा टाउको पारेर सुत्नु हुँदैन ?

उत्तर दिशामा टाउको राखेर सुत्दा भुत तथा मरेका मानिसहरुलाई आमन्त्रित गर्नु भन्ने जनविश्वास पाइन्छ । बैज्ञानिक कथन अनुसार मुटुको रक्त प्रवाहको कारण मानिसको आफ्नै चुम्वकीय क्षेत्र हुन्छ जसलाई मुटुको चुम्वकीय क्षेत्र पनि भनिन्छ । पृथ्वीको आफ्नै घना चुम्वकीय क्षेत्र छन् । जव हामी टाउको उत्तर दिशा तर्फ फर्काएर सुत्ने गर्दछौ, शरीरको चुम्वकीय क्षेत्र र पृथ्वीको चुम्वकीय क्षेत्र बीच अमिल्दो प्रतिक्रिया हुन्छ जसले गर्दा शरीरको रक्तचापमा समस्या आउँछ, मानिसको मुटुले पृथ्वीको चुम्वकीय उर्जाको अनुपातमा आउन सामान्य भन्दा कडा परिश्रम गर्नु पर्ने हुन्छ । अर्को कुरा, हाम्रो रगतमा यथेष्ट मात्रामा फलामको अणुहरु रहेको हुन्छ, उत्तर तर्फ टाउको राखेर सुत्दा शरिरमा रहेका सम्पूर्ण फलामका कणहरु दिमागमा जम्मा हुन जान्छ, फलस्वरूप टाउको दुख्ने लगायत थुप्रै दिमागी रोगहरु निम्तिने हुन्छ ।

११ ) सुर्यलाइ जल चढाउनु

बिहानीको पारिलो घाममा सूर्यलाई पानी चढाएर गरिने सुर्य नमस्कार हिन्दु संस्कार आफैमा बैज्ञानिक रहेको पाइन्छ । बिहानको पारिलो घाममा सफा पानी सूर्यलाई चढाउँदा प्रकाशका किरणहरु पानी मार्फत आवर्तन हुँदा ति किरणहरु रातो, सुन्तला, पहेलो, हरियो, निलो तथा बैजनी रंगमा छुटिन्छन् । यसरी छुट्टीएका रंगहरु मध्ये हरियो रंग हाम्रो आँखाको लागि एकदम लाभदायी मानिन्छन् । हरेक बिहान सुर्य नमस्कार गर्दा स्वास्थ्यको दृष्टिकोणले धेरै लाभदायी हुने गर्दछ ।

१२) पुरुषहरुले टुप्पी पाल्नु

सुश्रुत ऋषिलाई आयुर्वेदको मुख्य सर्जक मानिन्छन् । उनको ब्याख्या अनुसार टाउकोको टुप्पोको भाग जहाँ चेतनाको मुख्य भाग मानिन्छ, शरिर भरिको सबै नशाहरु यहीं जोडिएको हुन्छ, यसलाई अधिपति मर्म भनिन्छ ।

यसै भागमा रहेको टुप्पीको गाँठो पारिएको शिखाले यस ठाउँलाई रक्षा गर्ने गर्दछ । यसको ठिक तल ब्रह्मरन्ध्र रहेको हुन्छ शरीरको तल्लो भागको नशाहरु यहा आएर जोडिएको हुन्छ । योगमा ब्रह्मरन्ध्र उच्च स्थानमा रहेको ७ औ चक्रको रुपमा लिइन्छ । यसलाई बुद्धिको केन्द्र बिन्दु मानिन्छ । गाँठो पारिएको सिखाले यस केन्द्र भागलाई छोपेर सुक्ष्म उर्जाहरुलाई संरक्षण गर्न बढावा दिन्छ ।

१३) ब्रत बस्नु

ब्रत बस्नुको औचित्य तथा सिद्धान्तहरु आयुर्बेदमा पाइन्छ । सामान्यतस् विभिन्न खाले बिरामीहरुको मूल कारण खाएको खाना पाचन प्रक्रियामा शरीरभित्र थुप्रिएको विषाक्त पदार्थहरु हुन् । नियमित रुपमा शरीर भित्र थुप्रिएका विषाक्त पदार्थहरुको सरसफाई गर्न सके स्वस्थ रहन सकिन्छ ।

यसर्थ, ब्रत बस्दा पाचन प्रक्रियामा भाग लिने अंगहरुले आराम पाउँछ र थुप्रिएका विषाक्त पदार्थहरु पचाउन सहयोग गर्दछ । आयुर्बेद अनुसार शरीरमा ८०५ तरल पदार्थ रहेको हुन्छ भने २०५ मात्र ठोस पदार्थ रहेको हुन्छ । पृथ्वी, चन्द्रमाको गुरुत्वाकर्षण शक्ति जस्तै मानिसको शरीरमा पनि यस्ता गुरुत्वाकर्षण शक्तिले प्रभाव पारेको हुन्छ, जस अनुरुप शरीरमा भावनात्मक असन्तुलन, तनाव हुने, चिढिने, उग्र तथा हिंसात्मक स्वभाव हुने गर्दछ । ब्रत बस्नाले यस्ता विषम परिस्थितिहरुको रोकथाम हुने, शरिरमा एसिडको मात्र कम गर्ने गर्दछ फलस्वरूप मानिसहरुमा यस्ता मानसिक सन्तुलन कायम गर्न सहयोग गर्दछ । थुप्रै अनुसन्धानको नतिजा अनुसार क्यालोरी खपत कम गर्न तथा क्यान्सर, मधुमेह, स्नायु रोगहरु, प्रतिरोधक क्षमता ह्रास जस्ता रोगहरुबाट मुक्ति पाउन नियमित ब्रत बस्नु फाइदाजनक छन् ।

१४) पिपलको रुखलाई पुजा गर्नु

पिपलले फल दिंदैन । पिपलको काठ फर्निचर बनाउनको लागि कडा पनि हुँदैन । त्यसैले सामान्य मानिसहरुको लागि पिपल एक छायाँ र शितलता प्रदान गर्नु बाहेक अरु उद्देश्य देखिंदैन । तर पनि हामी पिपललाई पुजा गरेको देखिन्छ । तर बैज्ञानिक अर्थमा पिपल मात्र एक यस्तो रुख हो जसले दिउँसो मात्र हैन, राति पनि अक्सिजन दिने गर्दछ । पिपलको यहि गुण भएको कारणले गरेर हाम्रा पुर्खाहरुले पिपलको रुखलाई देवता र धर्मसंग जोडेर पुजा गर्ने गरेका हुन् ।

१५) तुलसीको बोटलाई पुजा गर्नु

तुलसीलाई हिन्दु धर्म अनुसार विविध कथाहरु पाइन्छन् । बैज्ञानिक तथ्य अनुसार तुलसी मानवीय जीवनको लागि एक अत्यावश्यक संजीवनी हो । तुलसीमा ओखती उपचारको लागि चाहिने यथेष्ट गुणहरु पाइन्छ । तुलसी एक प्रभावकारी एन्टीबायोटिकको रुपमा लिइन्छ । हरेक दिन तुलसीलाई चियासंग खाँदा यसले शरिरको प्रतिरक्षा शक्ति बढाउँछ, रोगहरु लाग्नबाट बचाउँछ, स्वास्थ्यलाई सन्तुलित र शरिरलाई सबल राख्दै दिर्घायु राख्न सहयोग गर्दछ । घर आँगनमा तुलसीको बोट रोप्दा लामखुट्टे, किराहरुले घरमा प्रवेश पाउनबाट रोकथाम गर्दछ । तुलसीको अगाडी सर्पहरु सामान्यतस् आउंदैन् । यस्तै यस्तै विविध कारणहरुले गर्दा हाम्रा पुर्खाहरुले घर अगाडी तुलसी रोपेर पुजा गर्ने बानी बसालेको देखिन्छ ।

१६) मुर्ति पुजा गर्नु

मनोबैज्ञानिक कथन अनुसार मानिसहरु आफुले जे देख्छन्, त्यहि अनुसार उसका बिचार तथा सोचाइहरुले आकार लिन्छन् । आफ्नो सामु अलग अलग ३ बस्तुहरु भएता पनि आफुले जे हेरी रहेको हो, त्यहि अनुसार उसका सोचाइहरु परिवर्तित हुन्छन् । सोहि अनुरुप मानिसहरु आफ्नो धार्मिक आस्थाहरुप्रति एकत्रित गर्न गराउन आफ्नो धर्म अनुरुप मुर्तिहरु स्थापना गरेको हुन्छन् । मुर्तिहरुलाई एकचित्तले शान्त भएर पुजा गर्दा मनलाई एकाग्रतामा ल्याई मानसिक बिचलित नभई आ–आफ्नो धार्मिक आस्था अनुसार आध्यात्मिक उर्जा प्राप्त गर्न सकिन्छ ।

१७) महिलाहरुले चुरा लगाउनु

नाडी नियमति उत्तेजित भइ रहने शरीरको भाग हो । डाक्टरहरुले प्रायः मुटुको धड्कन जाँच्नु परयो भने नाडी नै छाम्छन् । महिलाहरुले नाडीमा लगाउने चुराले नियमित घर्षण गराई रहन्छ र रक्त संचार प्रक्रिया प्रवाह बढाउन सहयोग गर्दछ । प्रायस् गृहणी महिलाहरु बिहान बेलुका बाहेक अन्य समयमा निष्क्रिय रहने हुनाले चुरा लगाउनाले रक्त प्रवाह नियमित गर्न गराउन चुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छन् । साथै, चुरा गोलाकार भएको हुनाले शरीरमा उत्पन्न हुने विद्युतीय उर्जालाई खेर जानबाट रोक्न र शरिरमै फर्काउन पनि चुरा लगाउनाले सहयोग पुर्याउँछ ।

१८) मन्दिर जानु

प्रायः प्राचिन मन्दिरहरु उत्तर–दक्षिण ध्रुबबाट सृजित चुम्वकीय र विद्युतीय तरङ्गहरु यथेष्ट मात्रामा प्रवाहित हुने गरि बनाइएको हुन्छ । मन्दिरभित्र मुर्ति राखिएको मुख्य केन्द्र जसलाई गर्भगृह वा मूलस्थान भनिन्छ । सामान्यतस् मुर्ति राखी सकेपछि मात्र मन्दिर स्थापना गरिन्छ । मुर्ति प्रतिस्थापन गर्दा मुर्तिको गर्भगृहमा बैदिक श्लोक सहित तामाका पाताहरु राखिएको हुन्छ जसले पृथ्वीको चुम्वकीय तरङ्गहरु एकत्रित संकलन गरी मन्दिर वरपर चुम्वकीय तरंगहरु प्रसारण गर्दछ । जसको कारण आम मानिसहरु मन्दिरलाई घडीको सुइ घुम्ने सुल्टो दिशाबाट घुम्दा ती चुम्वकीय तरङ्गहरु मानिसको शरीरले ग्रहण गर्छ । यो एक अदृश्य र ढिला प्रवाह हुने प्रक्रिया हो । यसर्थ नियमित रुपमा मन्दिरहरुमा सुल्टो दिशाबाट घुम्दा शरीरले यथेष्ट सकारात्मक उर्जा प्राप्त हुन्छ । बैज्ञानिक कथन अनुसार स्वस्थ जीवनको लागि सकारात्मक उर्जाहरु अत्यावश्यक हुन्छन् ।

१९) विवाह उत्सबरपुजाहरुमा आगो बाल्नु

धेरै जस्तो उत्सबहरुमा होम गर्ने, सुकुन्दा बाल्ने, इता बाल्ने (नेवारी समाजमा) चलन रहेको पाइन्छ । आगोले उत्सब वरपर रहेका नकारात्मक उर्जाहरुलाई नष्ट गर्ने र सकारात्मक उर्जाहरु थप्ने कार्य गर्दछ । यसरी आगो बाल्दा विभिन्न खाले पदार्थहरु काठ, घ्यु, तेल, अन्न, जडिबुटीहरु प्रयोग गर्ने गरिन्छ । यसरी बालिएको आगोबाट उत्पन्न हुने धुवाँले हावामा रहेको किटाणुहरुलाई नष्ट गर्दै बायु प्रदुषण कम गर्ने गर्दछ र सामाजिक अवसरहरुमा सहभागी हुने मानिसहरु, दुलाहा दुलहीलाई स्वस्थ रहन सहयोग गर्दछ ।

२०)ॐ मन्त्र जप्नु

ओम मन्त्र जप्नाले रक्तचाप कम गर्ने र मुटुको धडकन नियन्त्रण गर्ने गर्दछ । लामो सास तानेर ओम मन्त्र जप्दा यसले चेतनामा सतर्कता धेरै सुधार आउँछ र मनलाई एकत्रित गर्न सहयोग गर्दछ ।

२१) प्राथना गर्दा गायत्री मन्त्र जप्नु

गायत्री मन्त्र जप्दा प्रति सेकेन्ड करिब ११०,००० विभिन्न खाले तरङ्गहरु पैदा गर्दछ । अनुसन्धानकर्ताहरुको निर्क्यौल अनुसार गायत्री मन्त्रबाट सिर्जित तरङ्गहरु शरीर तथा स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । सुर्योदय भन्दा अगावै दैनिक ९० मिनेट गायत्री मन्त्र जप्ने हो भने यसले स्वास्थ्यलाई अत्यन्तै फाइदा गर्दछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement