युरेनियम अमेरिकालाई दिने हल्लाबिच मुस्ताङमा चिनियाँ सक्रियता, सीडीओसँग भेटघाट

युरेनियम अमेरिकालाई दिने हल्लाबिच मुस्ताङमा चिनियाँ सक्रियता, सीडीओसँग भेटघाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मुस्ताङ लगायत हिमालय क्षेत्रमा रहेको युरेनियम उत्खननका लागि अमेरिकालाई दिने हल्लाबिच मुस्ताङमा चिनियाँ सक्रियता बढेको छ ।

काठमाण्डुस्थित चिनियाँ दूतावासको टोली इकोनोमिक काउन्सिलर झु फेङको नेतृत्वमा मुस्ताङ पुगेको हो ।

शनिबार मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अजिता तिवारीसँग भेटवार्ता गरेको चिनियाँ टोलीले आईतबार विभिन्न क्षेत्रको भ्रमण गरेको छ ।

परराष्ट्र मन्त्रालयको स्वीकृतिमा चिनियाँ टोलीसँग सामान्य शिष्टाचार भेटघाट भएको सीडीओ तिवारीले बताइन् । भेटमा भएको थप कुराकानीबारे उनले बताउन चाहिनन् ।

यस विषयमा चिनियाँ दूतावाससँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

भारतीय सञ्चारमाध्यम नवभारत टाईम्सले प्रकाशित गरेको समाचारमा अमेरिकाकी विदेश राज्यमन्त्री समीर पल कपूरको अचानक नेपाल भ्रमणले युरेनियमको हल्लालाई थप बल दिएको उल्लेख गरिएको थियो । नेपालका सामाजिक सञ्जालमा समेत यसबारे चर्चा भएको थियो । तर आधिकारिक रूपमा यस्तो कुनै निर्णय सार्वजनिक भएको छैन ।

मुस्ताङको लोमान्थाङ क्षेत्रमा करिब ३० वर्गकिलोमिटर क्षेत्रलाई मुस्ताङ स्पेसल जोन घोषणा गर्ने तयारी भइरहेको दाबी त्यो समाचारमा गरिएको थियो ।

यस्तै हल्लाबिच चिनियाँ टोली हिमाल पारिका जिल्ला मुस्ताङ र मनाङ पुगेको छ ।