मुस्ताङमा मजदुर बोकेको टिपर दुर्घटना : १५ को मृत्यु १७ जना घाईते


मुस्ताङ – सडक निर्माणको काम गरिरहेका मजदुर बोकेको बा २ ख २२१९ नम्बरको टिपर मुस्ताङको स्याङ्बुचेमा दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, मा कालीगण्डकी करिडोरअन्तर्गत भेनादेखि झैतेसम्म पर्ने स्याङबुचेमा खाना खाएर तामाखोलामा काम गर्न जाने बेलामा टिपर दुर्घटना भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए ।

दुर्घटनामा परि १५ जनाको मृत्यु र १७ जना मजदुर घाइते भएका मुुस्ताङका डीएसपी महेन्द्र खड्काले जानकारी दिए । अहिले केही घाइतेलाई जिल्ला अस्पताल जोमसोममा ल्याइँदै छ । त्यस्तै घाइतेहरुको उद्दारका लागि काठमाडौंबाट एयर डाइनेस्टी तथा पोखराबाट नेपाली सेनाको हेलिकप्टर मुस्ताङका लागि उडिसकेको प्रजिअ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement