म्यानमारमा सैनिक जहाज दुर्घटना, १२ जनाको मृत्यु


एजेन्सी – म्यानमारमा सैनिक जहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । म्यानमारको दोस्रो ठूलो शहर मन्डलाय नजिक बिहीबार एक सैन्य विमान दुर्घटनाग्रस्त भएको छ र १२ व्यक्तिको मृत्यु भएको हो ।

उक्त विमान राजधानी नायपिडोबाट पाइन ओ ल्विन शहरको लागि उडान गर्दै थियो । सेनाको स्वामित्वमा रहेको म्यावाड्डी टेलिभिजन स्टेशनले उक्त दुर्घटनताको पुष्टि गरेको छ ।

उक्त विमानमा ६ जना सैनिक अधिकारी र भिक्षुहरू सहभागी रहेको बताइएको छ । भिक्षुहरु बौद्ध विहारको एक समारोहमा सहभागी हुन गएको बताइएको छ ।

दुर्घटनामा पाइलट र एक यात्रु सकुसल रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement