सेनामा १७ सहायकरथीको सरुवा, स्पेशल फोर्समा थापा र सम्भारमा ढकाललाई जिम्मेवारी


काठमाडौं –नेपाली सेनाका १७ सहायकरथीको सरुवा भएको छ । सैनिक मुख्यालयले प्रधानसेनापति पूर्णचन्द्र थापाका सैनिक सहायक सहायकरथी प्रेम शाहीसहित १७ जना सहायकरथीको सरुवा भएको हो ।

सैनिक स्रोतले दिएको जानकारीअनुसार सरुवा हुनेमा सहायकरथी अनुपजंग थापा विशेष फौज वाहिनी,विष्णु रावत २६ बाहिनीको बाहिनीपति, नारायण सिलवाल स्टाफ कलेज, जोनसन खड्का २८ बाहिनीको बाहिनीपति र सुरजवावा सुनुवारको वेव्रीमा सरुवा भएको छ ।

त्यसैगरी सहायकरथी चोक बहादुर ढकाल सैनिक सामाग्री निर्देशनालय, दिनेश केसी १३ बाहिनी,टिकाराम गुरुंग राष्ट्रिय सेवा दल र प्रेम शाहीको नीति योजना निर्देशनालयमा सरुवा भएको छ । सहायकरथीहरु निर्माणसिंह गुरुंग रासुप, प्रदिपजंग केसी मध्य पुर्वी पृतना हेडक्वार्टर,निरज पौडेल आर्मि वार कलेज,योगराज शर्मा १४ बाहिनीको बाहिनिपति र कृष्णदेव भट्टको ७ बाहिनीपतिमा सरुवा भएको छ ।

विशेष फौंज वाहिनीको वाहिनीपतिमा सरुवा भएका थापालाई सैनिक सहायकको समेत जिम्मेवारी दिने तयारी प्रधानसेनापति थापाले गरेका छन् । उनि हाल  २८ बाहिनीको बाहिनीपतिको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement