मैले नजन्माएको छोरो


काठमाडौं – एक पटक कोठीमा एउटा अनौठो घटना भयो । सायद कोठिहरुमा अपवादका रुपमा हुने घटना बँगलामा मोजमस्तिका लागि कलेजका केहि केटाहरु आएका थिए ।ती केटाहरु आ(आफुले मन पराएका केटीहरु लिएर कोठामा गए । तीमध्येकै एउटा केटाले मलाई रोज्यो र मेरो कोठामा आयो ।

कलेज पढ्ने त्यो केटाले मलाई किन रोज्यो,मैले,सोधिन,सोध्ने कुरा पनि भयन । त्यतिवेला म कलिलै थिए । भर्खर बच्चा जन्मिएकाले मेरो स्तनवाट दुधका धारा चुईरहेको थियो । निपल अलिकति निचोर्दा नै दुध चुहिन्थ्यो ।त्यसरी दुध वगेपछि त्यो केटो अर्कै लोकमा पुगेछ । उ निकै आश्चर्यचकित भयो । एकाएक अनेपक्षित कुरा गर्न थाल्यो । उसले भन्यो,मलाई तिमिसँग अरु केहि गर्नु छैन् । वस मलाई तिम्रो दुध खान देउ मलाई ।

कहिल्यै कसैले त्यसो नभनेको मलाई उसले त्यसो भन्दा झनक्क रिस उठ्यो भने के नचाहीदो कुरा गर्छौ । क्या खुस्केटहरु आउँछन् होइन,मैले तिमिसँग मजाक गरेको होइन् । मलाई दुध खान देऊ । उसले फेरि दोहरयो । किन त्यसो भनेको रु मैले जिज्ञासा राखे । मैले आजसम्म आमाको दुध खाएको छैन। आजदेखि तिमि मेरा लागि आमासमान हौ । म तिमिलाई एउटी आमासरह सम्मान गर्छु । प्लिज ,मलाई दुध खान देउ, मेरो लागि त्यो नितान्त नयाँ र नौलो प्रस्ताव थियो । सुरुमा त मलाई कस्तो दिमाग खराव भयको ग्राहक आयो भन्ने लागेको थियो । रिस पनी उठ्यो ।

,तिमिलाई मैले दुध चुसाउनै पर्छ । भन्ने छ र ? जे कामको लागि आएको हो,त्यहि गर,मैले रिसाउदै भने । मलाई यहाँ यस्तो काम हुन्छ भन्ने पहिला थाहा थिएन् । मत केटाहरुको लहलहैमा लागेर आएको । उ रहेछ सोझो यस्तो त्यस्तो काममा फस्न नचाहने । भन्न थाल्यो। यहाँ आएपछि तिमिलाई भेट्दा मलाई । आमा भेटे जस्तो लाग्यो ।

मैले आजसम्म आमाको दुध खान पाएको थिईन् ।त्यसैले तिमिलाई आमा वनाउन चाहेको हु । ऊ भावुक भयो । उसको कथा फिल्मको जस्तो रहेछ । सानैमा आमा वितेको रहिछन् । कुनै अन्जान दुर्घटनामा काखे वालक छोडेर उसको आमा परमधाम भईछन् । उसले आमाले गराउने स्तनपान,कस्तो हुन्छ केहि थाहा पाएको रहेनछ । बुबाले,सौतेनि आमा ल्याएपछि उसको बाल्यकाल निरस वनेको रहेछ । डेरीको दुध र पाउडँर दुध,खाएर हुर्केको उसले मेरो निप्पलबाट बगेको दुध देखेर उ आमाको लोकमा पुगेछ ।

भित्र छिरेर स्तन देखेपछि निकै बेर टोलाएको,त्यो केटोले आफ्नी आमा सम्झेर पनी होला हर्मन नै परिवर्तन गर्यो । मेरो स्तनमा बगेको दुध देखेर टोलाएको त्यो केटोले मलाई गहभरि आशु झार्दै भन्यो ,त्यसैले तपाईलाइ आमा वनाउन चाहेको हुँ । मेरी आमाको दुध पनी मलाई खुवाउन नपाएर यसरी नै बग्थ्यो होला नी भनेर मुखैले भन्यो । ऊ भावुक भएपछि म पनी अलि भावुक भए । यदि कसैले मलाई,आमा सम्वोधन गरेर स्तनपानको याचना गरिरहेको छ । भने त्यस्तो वेला के कुरामा गम खाए ।आखिर मलाई लाग्यो । ,उसले मलाई आमा नै भनिसकेको छ भने । उसलाई छोरा मानेर स्तनपान गराउन केको आपत्ति ?

मेरो पनी बच्चालाई स्तनपान गराउन नपाउँदा छाति चर्किरहेको थियो । खै कुन अन्तप्रेरणाले हो । मैले उसलाई स्तनपान गराएँ । कुराकानी गर्दै विश्राम गर्दै उसले काखमा वस्दै वच्चा जसरी स्तनपान गराए । कुनै पनी स्त्री र पुरुषविच सम्वन्धका विविध,आयाम हुन्छन् । स्त्री र पुरुषविच सँधै यौनको मात्रै सम्वन्ध रहँदैन् ।समय र परिस्थिति अनुसार त्यो सम्बन्ध विभिन्न रुपमा परिभाषित हुदोरहेछ । त्यो केटाले हाम्रो सम्बन्धलाई यौनकर्मि र ग्राहकको सम्बन्धबाट माथि उठाएर एकैचोटि आमा र छोराको सम्वन्धमा,पुयाएको थियो । ,कामवासनाबाट एकैचोटि माथि उठेर त्यो केटाले मबाट मार्तु वात्सल्यको चाहना प्रकट गरिरहेको थियो ।

 

स्तनपान पछि उसले मलाई,तीन,चार,पटक धन्यवाद दियो । उसले के पनि भन्यो भने उसको बाल्यकाल डिब्बाकै दुधको भरमा वितेको रहेछ । र उसले पहिलो,पटक कुनै आमाको दुध चुस्न पाएको रहेछ । उसका कुरा सुनेर,एकाएक मेरा आँखा रसाए । ममा पनि,मात्तुवात्सल्यको भावना,जार्गुत भयो र उसलाई आमाकै आखाँले हेर्न थाले । दुध चुसेर छोरा त गईहाल्यो,तर त्यो अनौठो,घटनाले आमालाई पछिसम्म पिरोलिरह्यो । भावुक वनाईरह्यो,। आखिर त्यस्ता उच्च चेतना भएका मानिसहरु पनि कहिलेकाहि बाटो विराएर वा बरालिएर कोठिसम्म आइपुग्दा रहेछन् ।र आफ्नो विवेक,करुणा र प्रेम प्रकट गरेर जादाँ रहेछन् ।  मैले नजन्माएको त्यो छोरो,आज कहाँ होला मलाई थाहा छैन् ।तर जहाँ भए पनी त्यो छोरोलाई यो आमाको सदा आशीर्वाद रहनेछ ।

साभार सुनिता दनुवार ,आँसुको शक्तिबाट

प्रतिक्रिया दिनुहोस
Advertisement