नवलपरासीमा बस र ट्रक ठोक्दिा तीन जनाको मृत्यु,२२ घाइते


नवलपरासी- पूर्वी नवलपरासीको देवचुली नगरपालिका दुम्कौलीमा बिहीबार दिउसो यात्रु वहाक बस र ट्रक एक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । २२ जना घाइते छन् ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । मृत्यु हुने सबै महिला छन् । मृत्यु हुनेमा पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका–१४ की ६५ वर्षीया कुमारी सुनारी र सोही ठाउँकी ७० वर्षीया जमुना मापछन् छन् । अर्की अन्दाजी ३०-३५ वर्षीया महिलाको सनाखत हुन सकेको छैन ।

बिहबीबार पश्चिमबाट पूर्वतर्फ जाँदैगरेको ना ४ ख ५२९५ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ना २ ख ४८९० नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुर र स्थानीय मेडिकलहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement