नवनियुक्त प्रधानमन्त्री ओलीले लिए सपथ,थममाया र लालबाबु मन्त्री बन्न सफल


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा ओलीले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । आज अपरान्ह राष्ट्रपति निवास शीतल निवासमा ओलीले राष्ट्रपति भण्डारीबाट शपथ लिएका हुन् । उनले ईश्वरको नाममा भन्ने शब्द उच्चारण नगरी देश र जनताको नाममा शपथ गरेका थिए ।

शपथ ग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, उपराष्ट्रपति नन्दबहादुर पुनलगायत अन्य उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो । शपथ ग्रहण गरेपछि निवर्तमान प्रधानमन्त्री देउवा र नवनियुक्त प्रधानमन्त्री ओलीले कुर्सी साटासाट गरेका थिए । सो क्रममा उनीहरुले एकआपसमा हात भने मिलाएनन् ।

कार्यक्रममा राष्ट्रपति कार्यालयका सचिवले प्रधानमन्त्री नियुक्तिको पत्र पढेर सुनाएका थिए । प्रधानमन्त्रीले आज नै लालबाबु पण्डित र थममाया थापालाई मन्त्री नियुक्त गरेका छन् । पण्डितलाई जनसंख्या तथा वातावरण र थापालाई महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ । दुवैलाई राष्ट्रपतिले नै शपथग्रहण गराएकी छन् । भण्डारीले बिहीबार विहान मात्र ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement