नागरिक उन्मुक्ति पार्टी केन्द्र सरकारमा सहभागी नहुने, प्रदेशमा छलफल गर्ने

नागरिक उन्मुक्ति पार्टी केन्द्र सरकारमा सहभागी नहुने, प्रदेशमा छलफल गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्र सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

नाउपा केन्द्रीय समितिका संस्थापक केन्द्रीय सदस्यहरूको दुईतिहाइ बहुमतको निर्णय मंगलबार सार्वजनिक गर्द ज्येष्ठ केन्द्रीय सदस्य दामोदर पण्डितले पार्टी प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन नदिने जानकारी दिए ।

बैठकले प्रदेश सरकारको हकमा वार्ता समितिले विभिन्न दलहरूसँग सहकार्य र समन्वय गरी संवाद अघि बढाउने निर्णय गरेको छ । वार्ता समिति संयोजकको जिम्मेवारी ज्येष्ठ सदस्य दामोदर पण्डितले पाएका छन् ।