काठमाण्डु– नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच वैशाख १७ गते एकताको घोषणा हुने भएको छ ।
जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले आगामी १७ वैशाखमा एकता घोषणा गर्नेगरी तयारी अघि बढाइएको जानकारी दिएको हो ।
तराई मधेशको सबैभन्दा ठुलो दल बनाउने गरी दुई पार्टीबीच एकता घोषणा गर्ने तय भएको अध्यक्ष राउतको सचिवालयले जनाएको छ ।
राउतको सचिवालयले भनेको छ, ‘धेरै पार्टी/शक्तिहरूको अहिले निद्रा उडेको छ । किनकि आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ । नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ ।’
यी दुई दलका शीर्ष नेताहरू पछिल्लो केही समयदेखि एकताको तयारीसहित वार्तामा जुटेका थिए ।
प्रतिक्रिया