नागरिकता विधेयक संसदबाट फिर्ता लिने सरकारको निर्णय


काठमाण्डु – सरकारले नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले लामो समयदेखि छलफलमा रहेको उक्त विधेयक संसदबाट फिर्ता लिने निर्णय गरेको हो ।

सरकारले अध्यादेश ल्याउनका लागि संसदमा रहेको नागरिकता सम्बन्धी विधेयक फिर्ता लिएको हुनसक्ने अनुमान गरिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ गते प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो ।

उक्त  विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई पारित भइसकेको छ । अहिले विधेयक प्रतिनिधिसभा पेस भएको छ । उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद कायम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement