लोकसभा बैठकमै नागरिकता विद्येयक च्यातियो


नयाँदिल्ली – भारतमा विपक्षी दलका एक नेताले नागरिकता विद्येयक च्यातेका छन् । गृहमन्त्री अमित शाहले सोमबार लोकसभामा पेश गरेको नागरिकता विधेयक विपक्षी दलका सांसद असदुद्दीन ओवैसीले विधेयक विभेद्कारी र हिन्दुस्तानलाई फुटाउने भएको भन्दै चर्को विरोध गर्दै विद्येकको एक प्रति हातमा लिएर बैठकमै च्यातेका हुन् ।

गृहमन्त्री शाहले विधेयकले कसैलाई अन्याय नहुने भन्दै विधेयकको बचाउ गरेपछि कांग्रेस लगायत विपक्षी दलले भने विधेयकको कडा विरोध गरेका छन् । ’यो बिलले हाम्रो मुल अधिकारको हनन गर्छ । बिल ल्याएर सर्वोच्च अदालतको फैसलाको उल्लंघन भएको छ,’ ओवैसीले भने, ’म हात जोडेर अपिल गर्छु, मुलुक बचाउनूस् ।’

सोही क्रममा उनले गृहमन्त्री अमित शाहलाई जर्मन शासक हिटलर र डेभिड बेन गुरियनसँग तुलना गरेका थिए । भारत सरकारले ल्याएको नागरिकता विधेयक देशव्यापी रुपमा विरोध भएको छ । खासगरी मुस्लिम समुदायले विधेयकमा आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement