इन्धन ट्याङ्कर विस्फोट हुँदा नाइजेरियामा १ सय ४७ जनाको मृत्यु

इन्धन ट्याङ्कर विस्फोट हुँदा नाइजेरियामा १ सय ४७ जनाको मृत्यु


काठमाण्डु-उत्तरी नाइजेरियामा भएको एक विस्फोटमा एक सय ४० जना भन्दा बढीको मृत्यु भएको छ ।

उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा १ सय ४७ जनाको मृत्यु भएको हो । नाइजेरियाले हालसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको बेला बहुमूल्य पदार्थ बनेको इन्धन विस्फोट भएको हो ।

प्रहरीका अनुसार इन्धन ट्याङ्करले अर्को सवारी साधनलाई बचाउन खोज्दा जिगावा राज्यको माजिया शहरमा दुर्घटनाग्रस्त भएको थियो । प्रहरी प्रवक्ता लवान शिइसु आदमका अनुसार, दुर्घटना पछि स्थानीय बासिन्दाहरू ट्याङ्कर वरिपरि भेला भएर सडक र नालीमा चुहिएको इन्धन सङ्कलन गर्दै थिए ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (एनइएमए) का प्रवक्ता नुरा अब्दुल्लाहले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् ।