नाइजेरियामा हैजाबाट ५१ जनाको मृत्यु


एजेन्सी – नाइजेरियामा फैलिएको हैजाको प्रकोपबाट मृत्यु हुनेको संख्या ५१ जना पुगेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ हैजाबाट कम्तीमा पनि ५१ को ज्यान गएको जानकारी गराएका छन् ।

उनीहरुका अनुसार नाइजेरियामा सोमबार मात्र ३१ जनाको ज्यान गएको छ । यसअघि आइतबारसम्म यहाँ २० को ज्यान गएको बताइएको थियो । सोमबार मात्र यो संख्या बढेर ५१ पुगेपछि यो सोमबार मात्र ३१ जनाको ज्यान गएको प्रमाणित भएको हो । पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको समाचारमा जनाइएको छ ।

नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको समाचारमा जनाइएको छ । ज्यान जानेमा सोही राज्यका नागरिक बढी रहेका पनि समाचारमा उल्लेख गरिएको छ ।

यहाँको उक्त राज्यको स्थानीय अबि क्षेत्रका १० गाउँमा बढी मात्रामा हैजाको प्रकोप फैलिएको उनीहरुको भनाई छ ।नाइजेरियाली सरकारले यहाँका १० ओटा गाउँमा हैजा फैलिएको पाइएकोले त्यसको अनुसन्धान थालिएको जनाएको छ । यहाँका ती गाउँमा मात्र सयौँ मानिस विरामी भइ अस्पताल भर्ना भएका छन् ।

यहाँका ती जिल्लामा केही हप्तादेखि झाडा पखालाका विरामी बढेको पाइएको थियो । ती विरामीमा हैजाको प्रकोपको आशङ्कामा अनुसन्धान गरिएको थियो ।यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएअनुसार यहाँ गएको बुधबारदेखि हैजा सङ्क्रमण भएको पाइएको हो ।

सरकारले ती क्षेत्रमा सफा पानीको प्रबन्ध र सरसफाईका कामलाई अघि बढाएको जनाएको छ । साथै गाउँलेहरुलाई सरसफाईसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको बताइएको छ । यहाँका घना बस्तीहरुमा खानेपानी, सरसफाई तथा अन्य आवश्यक स्वास्थ्य पूर्वाधारको अभावमा नाइजेरियामा हैजाको प्रकोप बारम्बार फैलिने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement