नङको रङमा परिवर्तन आउनु कोरोनाको लक्षणः अध्ययन


एजेन्सी – नङको रङमा परिवर्तन आउनुलाई कोरोना भाइरसको संक्षण भएको अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ इस्ट एनग्लियाका वैज्ञानिकले नङको रङमा परिवर्तन आउनु पनि कोरोना संक्रमणको लक्षण हुन सक्ने दाबी गरेका हुन् ।

अहिलेसम्म ज्वरो, खोकी, थकान तथा गन्ध/स्वाद थाहा नपाउनुलाई कोरोना संक्रमणका लक्षण देखिँदै आएको थियो । तर पछिल्लो समय बैज्ञानिकहरुले नङको रङमा परिवर्तन आउनुलाई पनि कोरोना भाइरसको लक्षण भनेका छन् ।

उनीहरुले यसलाई कोरोना नेल नाम दिएका छन् ।यद्यपी यस्तो लक्षण कति दिनसम्म रहन्छ भनेर यकिन तथ्यांक रिपोर्ट आइनसकेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement