ललितपुरस्थित नक्खु बम विस्फोट :थप चार जना पक्राउ


काठमाडौं – ललितपुरस्थित नख्खुमा एनसेलको कार्यालय अगाडि शुक्रबार राति भएको बम विस्फोट घटनमा संलग्न भएको आशंकामा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ।

यसअघि प्रहरीले बम विस्फोट भएको ठाउँ नजिकैको एनसेल कार्यालयका दुई जना सुरक्षा गार्डलाई पक्राउ गरिसकेको थियो। बाँकी ४ जनालाई प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ। यद्यपि उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन।

विस्फोटमा परी एक जनाको मृत्यु भइसकेको छ भने दुई घाइते भएका छन्। ललितपुर भैंसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घटनामा ललितपुर महानगरपालिका–४ बागडोल बस्ने २६ वर्षीया प्रतिक्षा खड्का र नेपाल मेडिसिटी अस्पतालमा कार्यरत नर्स काभ्रे बनेपाकी २५ वर्षीया उरुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement