नक्खु जेल पुगेर सुदर्शनलाई भेटे विप्लवले

नक्खु जेल पुगेर सुदर्शनलाई भेटे विप्लवले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नक्खु कारागार पुगेर आफ्ना बन्दी नेता तथा कार्यकर्तासँग भेट गरेका छन् । शुक्रबार मात्रै सार्वजनिक भएका विप्लवले नक्खु कारागार पुगेर हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लगायत नेतालाई भेटेका हुन् ।

संगठित अपराध, बम विस्फोट, राज्यविरूद्धको अपराध मुद्दामा कारागार चलान भएका ओलीलाई भेट्न विप्लवसँगै खड्गबहादुर विश्वकर्मा र उदय चलाउने पनि कारागार पुगेका थिए । विप्लवको समूह बिहान ११ बजे कारागार पुगेको सहायक जेलर नरेन्द्र परियारले जानकारी दिए ।

उनले विप्लव समूहले करिब आधा घन्टा बन्दीहरूलाई भेटेको बताए । आजै विप्लवले पुल्चोकस्थित मन्त्रीक्वाटर पुगेर गृहमन्त्री थापालाई भेटेका छन् । उनले गृहमन्त्रीसँगको भेटमा विप्लव र सरकारबीच शुक्रबार भएको सहमति कार्यन्वयनको विषय लगायत समसामयीक राजनीतिक विषयमा छलफल गरेका थिए ।

सरकार र विप्लवबीच बन्दीहरूलाई रिहा गर्ने भइसकेको छ । विप्लव र सरकारबीच शुक्रबार सहमति पत्रमा हस्ताक्षर भएको थियो । यससँगै विप्लव हिंसाको राजनीति छोडेर शान्तिको राजनीतिक मूलधारमा आएका छन् ।