आत्महत्या जस्तो संवेदनशील विषयलाई ग्लोरिफाइ गर्नु उचित हुँदैनः नम्रता श्रेष्ठ

आत्महत्या जस्तो संवेदनशील विषयलाई ग्लोरिफाइ गर्नु उचित हुँदैनः नम्रता श्रेष्ठ


काठमाण्डु- अभिनेत्री नम्रता श्रेष्ठले शारुक ताम्राकारको आत्महत्या प्रकरणलाई लिएर सार्वजनिक प्रष्टीकरण दिएकी छन् । सोमवार नम्रताले सामाजिक सञ्जाल फेसबुकमार्फत ताम्राकारको आत्महत्या प्रकरणलाई लिएर प्रष्टीकरण दिएकी हुन् ।

उनले आफूविरुद्ध एकतर्फीरुपमा प्रहार गरिएको गुनासो गरेकी छन् । उनले आफ्नोबारे मिडिया तथा सामाजिक सञ्जालमा आएको समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै आफ्नो मौनतालाई कमजोरी नठान्न अपिल गरेकी हुन् ।

‘तर यहाँ एकतर्फी रूपमा केही मुठ्ठीभर मान्छेहरू हात धोएरै लागे, त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ । आत्महत्याजस्तो संवेदनशील विषयलाई ग्लोरिफाइ गर्नु उचित हुँदैन ।’, उनले फेसबुकमा लेखेकी छन् । शारुकको आत्महत्याअघि नम्रतासँग झगडा भएको समाचारहरू बाहिर आएका थिए ।