बाँके – नेपालमा जब उत्साहका साथ नयाँ राष्ट्रिय गौरवका आयोजना सुरु हुन्छन् तब देशको आर्थिक विकासमा टेवा पु¥याउने विश्वास पलाउँछ जनतामा। तर आयोजना सुरुवातसँगै एउटा प्रश्न पेचिलो बन्दै जान्छ– आयोजना कहिले पूरा हुन्छ ?
राष्ट्रिय गौरवका आयोजनाले जनताको मन जित्न नसकिरहेका बेला उदाहरणीय बनेको छ– भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, जसले बाँके, बर्दिया र सुर्खेतका जनतामा नयाँ उत्साह जगाएको छ। कर्णाली र ५ नम्बर प्रदेशका जनताको आर्थिक विकाससँग जोडिएको भेरी–बबई डाइभर्सनको सुरुङ सम्झौता अवधिभन्दा एक वर्षअगावै सकियो, जसको ‘ब्रेक थ्रु’ कार्यक्रममा वैशाख ३ प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी भए। अहिले आयोजना अधिकारीहरू बाँकी काम तोकिएको अवधिभित्रै सक्ने तयारीमा जुटेका छन्।
आर्थिक वर्ष २०७९÷-मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको मुख्य उद्देश्य बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ र ४६ दशमलव आठ मेगावाट विद्युत् उत्पादन गर्ने हो। आयोजना सम्पन्न भएपछि बाहै्र महिना सिँचाइ सुविधाबाट कृषि उत्पादनबाट दुई अर्ब ९० करोड र विद्युत्बाट चार अर्ब ३० करोड रुपैयाँ गरी वार्षिक सात अर्ब २० करोड (सन् २०१७ को मूल्य निर्धारणअनुसार) फाइदा हुने अनुमान गरिएको छ। अन्तर–जलाधार स्थानान्तरण गरिएको नेपालको पहिलो आयोजना भेरी–बबई डाइभर्सनको सफलताले अन्य आयोजना सुरुवात गर्ने आँट दिएको बताउँछन् आयोजना निर्देशक सञ्जीब बराल। उनले भने, ‘यसले सुनकोसी–मरिन बेसिन डाइभर्सन, कालीगण्डकी–तिनाउ, तमोर–चिस्याङलगायत आयोजनामा काम गर्ने नयाँ जोस दिएको छ।’
सरकारले भेरी–बबईको विद्युत्तर्फ जनताको लगानीमा निर्माण गर्ने योजना बनाएको छ। आयोजनाका अनुसार ४९ प्रतिशत सेयर जनतालाई दिइनेछ। त्यसमा पनि १० प्रतिशत प्रभावित जनतालाई। ५१ प्रतिशत सेयर तीन तहको सरकार केन्द्र, प्रदेश र स्थानीय तहको लगानीमा हुनेछ, जुन नेपालमा पहिलो अभ्यास पनि हुनेछ।
भेरी–बबई डाइभर्सन नेपालको आर्थिक विकासका लागि कोसेढुंगा साबित हुने प्रोजेक्ट भएको उल्लेख गर्दै बरालले नागरिकसँग भने, ‘डाइभर्सन प्रोजेक्ट भएकाले सिँचाइ र विद्युत्मात्र यसको फाइदा होइन। बबईमा पानी मिसाएर आउँदा धेरै फाइदा छन्।’ बरालका अनुसार यसको पर्यटकीय फाइदा छ। ४० किलोमिटर बबईमा ४० क्युसेक पानी बग्दा सुखा समयमा बोटिङ गर्न सकिन्छ। वातावरणीय हिसाबले पनि प्रोजेक्टबाट धेरै फाइदा छ। यो प्रोजेक्टमा देशको कायापलट गर्ने सम्भावना निहित छ।
भेरी नदीको ४० घनमिटर प्रतिसेकेन्ड पानीलाई १२ दशमलव दुई किलोमिटर लामो चार दशमलव दुई मिटर व्यासको सुरुङमार्फत बबई नदीमा डाइर्भसन गरेर विद्युत् र सिँचाइ सुविधा उपलब्ध गराउने आयोजनाको लक्ष्य हो। त्यसका लागि भेरी नदीमा एक सय १४ मिटर लामो १५ मिट अग्लो ६ गेट भएको बाँध र बबई किनारामा विद्युत् गृह निर्माण गरिनेछ। नेपालकै पहिलो यो अन्तर–जलाधार जल स्थानान्तरण बहुउद्देश्यीय आयोजना निर्माण गर्न करिब ३३ अर्ब १९ करोड लाग्ने अनुमान गरिएको छ।
आयोजनाको पहिलो चरणको सुरुङ खन्ने काम सम्पन्न भैसकेको छ। १० अर्ब ५७ करोड ९७ लाखमा सुरुङ खन्ने जिम्मेवारी पाएको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी ९कोभेक० ले सम्झौता अवधिभन्दा एक वर्षअघि काम सम्पन्न ग¥यो। जसको उद्घाटन प्रधानमन्त्री ओलीले नयाँ वर्षको सुरुवातसँगै गरेका थिए। यो खबर आजको नागरिक दैनिकमा छ ।




प्रतिक्रिया