नमूना वडा निर्माणको दौडमा वडाअध्यक्ष राम बहादुर सिंह


काठमाडौं – संसारमा कमै मात्र मानिस होलान् जसले जीवनमा संघर्ष गर्नु नगरेको होस् । संघर्षले नै हरेक मानिसभित्र रहेको आत्मविश्वास जगाउँछ । तसर्थ आत्मविश्वास जगाउने कारक हो संघर्ष । यसैगरी व्यक्तिमा निहित आत्मविश्वास नै संघर्षको प्रेरणा पनि हो । आत्मविश्वासलाई समयमै पहिचान गर्न सक्नेहरू जीवनयात्रामा हरेक बाधा-व्यवधान छिचोल्दै अघि बढ्छन् । नसक्नेहरू भने कुहिराको काग झैँ अलमलमा फस्छन् ।

सफल मानिसले नयाँ काम गर्दैनन् तर त्यहि कामलाई नयाँ तरिकाले गर्छन ।हो यस्तै बझाङ जिल्ला खप्तड छान्ना गाउंपालिका वडा नं. ०७ का वडा अध्यक्ष राम बहादुर सिंह आफ्नो वडालाई कसरी नमूना वडा बनाउन सकिन्छ भन्ने सोचका साथ अगाडी बढिरहेका छन्। नेपाली काङग्रेसबाट विजयी भएका सिंहले वडामा भएका योजनामा भष्ट्रचार नहोस र काम सहि तरिकाले होस भन्ने सोचका साथ उपाध्यक्षको संयोजकत्वमा पांच सदस्यीय अनुगमन समिति समेत गठन गरेका छन् ।

बेरोजगारलाई कृषिबाट स्वरोजगार हुने तालिम दिने साथै वडा वरपरका डाँडाकाडा मालिका गुफा,गुरेयल झर्ना,भगवती माई,कैलाशमाण्डु,दरकाडी मष्टा,दुगाडा पाटन,बझाङ जिल्लाको एक मात्र राममन्दिर लयातलाई पर्यटन क्षेत्रको हब वनाउने योजनाका साथ काम अगाडी बढाएको वडा अध्यक्ष सिंह बताउंछन्। खप्तड छान्ना गाउंपालिकाका प्रवक्ता समेत रहेका सिंहले आफनो वडालाई नमूना वडाको रुपमा विकास गर्ने प्रतिवद्धताका साथ स्थानीय चुनाव २०७४ मा मतदाताकहाँ पुगेका थिए । स्थानिय निकायको चुनावका बेला आफूले वडा अध्यक्ष जिते यहांका प्राकृतिक सम्पदालाई पर्यटनको हब वनाउने जिकीर गरेका सिंहले । नेपाली काङग्रेसको तर्फबाट खप्तड छान्ना गाउंपालिका वडा नं. ०७ को वडा अध्यक्षमा भारी मतका साथ विजयी भए ।

वडालाई आर्थिक रुपमा समृद्ध बनाउने, एक घर एक रोजगार, सडकको स्तरोन्नती गर्ने, कच्ची सडक पिच गर्ने, धार्मिक एवं पर्यटकिय क्षेत्रको संरक्षण गर्ने लगायतका योजना लिएर वडा अध्यक्ष सिंह  चुनावकाेबेला मतदाताकहाँ पुगेका थिए । स्पष्टवक्ता र स्पष्ट दृष्टिकोण भएका सामाजिक विकासदेखि राजनीतिक नेतृत्वका लागि जुझारु र सक्षम युवा मानिन्छन् उनी । जनतालाई अधिकारसम्पन्न बनाउन र वडावासीलाई परिवर्तनको अनुभूति दिलाउन सबैभन्दा बढी उनी नै लागिपरेका हुन्छन् ।

वडा अध्यक्ष सिंह भन्छन्,सवल, सक्षम, समृद्ध र नमूना वडा बनाउने मेरो सपना हो । मसँग काम गर्ने ऊर्जा छ, निर्दिष्ट योजना छ, वडा विकास गर्ने परिकल्पना छ, कामप्रति लगाव र इमान्दारिता छु ,सामाजिक न्याय र समानताको वकालत गर्ने क्षमता छ । वडामा भएका स्रोत र साधनको पहिचान गरी यसको कुशल प्रयोग गरी वडाको कर प्रणालीलाई चुस्त बनाई आर्थिक पक्ष सवल बनाउन मसँग निर्दिष्ट योजना छ । वडामा विद्यमान बेरोजगारीको तथ्यांक निकाली त्यसको उचित व्यवस्थापनको निम्ति मेरो पहलकदमी र भूमिका रहने छ । वडाका व्यावसायिक किसानको लगत निकाली उनीहरुलाई उर्जाशील बनाउन विशेष प्याकेजका योजना तय गर्ने छु ।

वडामा रहेको सरकारी विद्यालयमा विद्यार्थी आकर्षित गर्न शैक्षिक गुणस्तर वृद्धि र स्तरोन्नति गर्न समयसापेक्ष स्रोतसाधनको व्यवस्थापन गर्नेछु । वडाका समग्र सडक कालोपत्रे गर्ने अवधारणा ल्याई वातावरणमैत्री र नमूना वडा घोषणा गर्ने एजेन्डा छ । पांच वर्षमा वडालाई स्मार्ट वडाका रुपमा पद्धति विकास गर्ने एजेन्डा मसँग छ । धार्मिक तथा सांस्कृतिक धरोहरको उचित संरक्षण र संवद्र्धन विकासमा मेरो उत्तिकै योगदान रहने छ ।

म मेरो पदको सहि उपयोग गरेर एउटा नमुना बनेर देश र जनताको लागि सेबा गरेर देखाउछु । त्यति मात्र होईन, म आफ्नो व्यक्तिगतहित र पार्टीगत स्वार्थ भन्दा माथि उठेर आफ्ना जिम्मेबारी बहन गर्दै जनताको हितका काममा रातदिन लाग्ने प्रण गर्दछु । आगामि दिनमा कामगर्दा कसैलाई पनि गुनासो राख्ने मौका दिने छैन भन्ने कुरा प्रष्ट पार्न चाहन्छु । यो मेरो बोलीले मात्र नभएर मेरो कार्यबाट पनि देख्न सकिने छ । विकास निर्माणका सम्बन्धमा उचित सल्लाह सूझाव दिनहुन सबै सर्वसाधारणमा आग्रह समेत गर्दछु ।

आफ्नो वडालाई नमूना वडाका रुपमा विकास गर्ने प्रतिबद्धता छ । वितेका २० वर्षमा जनप्रतिनिधि नहुँदा विकास निर्माणमा प्रगती हुन सकेन सबैलाई थाहै छ । यसअघि स्थानीय निकाय कर्मचारीतन्त्र र सर्वदलीय संयन्त्रबाट चल्दै आएको थियो । अहिले स्थानीय तह भइसकेपछि नागरिक आफैले रोजेको नेतृत्व पनि आइसकेको छ । चुनावमा जादाँ गरेका बाचा पूरा गर्नेछु । खानेपानी, शिक्षा, स्वास्थ्य, सडक जुनबेला जे गर्नुपर्छ आवश्यकता हेरेर काम गर्नेछु ।

प्रतिक्रिया दिनुहोस
Advertisement