पूर्वउपराष्ट्रपति पुनले अब माओवादीमा काम गर्ने, यस्तो हुनेछ जिम्मेवारी

पूर्वउपराष्ट्रपति पुनले अब माओवादीमा काम गर्ने, यस्तो हुनेछ जिम्मेवारी


काठमाण्डु – नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई पार्टीको काम दिने भएको छ ।

सोमबार बसेको पदाधिकारी बैठकले पूर्वउपराष्ट्रपति पासाङलाई उत्पादन क्षेत्र हेर्ने संयन्त्रको प्रमुख बनाउने निर्णय गरेको छ ।

पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रको बैठकमा यसअघि सहभागी भए पनि विवाद उत्पन्न भएपछि पछि हटेका थिए । तर माओवादीले उनलाई पुनः पार्टी काममा सक्रिय बनाउने निर्णय गरेको छ ।

पुस अन्तिम हप्ता बसेको केन्द्रीय कमिटी बैठकमा उनी पदाधिकारीकै लहरमा उपाध्यक्ष भएर बसेका थिए ।

२०७२ सालमा संविधान जारी भएपछि पुन २ कार्यकाल उपराष्ट्रपति बनेका थिए ।