उपराष्ट्रपति पुनसँग मोरक्कोका राजदूत मल्लिकद्वारा भेट


काठमाडाैँ-उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि मोरक्कोका राजदूत मोहम्मद मल्लिकले शिष्टाचार भेट गरेका छन्। शुक्रबार उपराष्ट्रपति भवन हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षबारे कुराकानी भएको थियो ।

भेटमा उपराष्ट्रपति पुनले नेपाल र मोरक्कोबीच औपचारिक सम्बन्ध स्थापना भएको ४४ वर्ष पुगेको र दुई देशबीचको सम्बन्ध प्रगाढ बन्दै आएको बताए। उनले नेपाल र मोरक्कोबीचको सम्बन्धलाई जनस्तरसम्म फैलाएर आपसी सहयोग र सहकार्यलाई फराकिलो बनाउनुपर्ने बताए। सो अवसरमा मोरक्कोका राजदूत मल्लिकले नेपाल भ्रमण वर्ष सन् २०२० को सफलताको कामना गर्दै सो अवसरमा मोरक्कोका नागरिकलाई नेपाल भ्रमण गर्न आफूले सहजीकरण गर्ने बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement