नेपाल चीनको धेरै लगानी भएको मुलुक हो : भारतीय सेनाअध्यक्ष नरवाणे

नेपाल चीनको धेरै लगानी भएको मुलुक हो : भारतीय सेनाअध्यक्ष नरवाणे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालबारे विवादस्पद अभिव्यक्ति दिएर विवादमा आएका भारतीय सेना प्रमुख एमएम नरवाणेले नेपाललाई चीनको धेरै लगानी भएको मुलुक भनेर टिप्पणी गरेका छन् । यसअघि उनले चिनको उक्साहटमा नेपालले नयां नक्सा जारी गरेको बताएका थिए । जसको नेपालमा चर्को विरोध समेत भएको थियो ।

‘उत्तरपूर्वी क्षेत्रमा विकास हुंदै गरेको सुरक्षा चुनौती र आगामकी बाटो’ शीर्षकमा आयोजना गरिएको एक सेमिनारलाई सम्बोधन गदै उनले राजनीतिक अस्थिरताबाट गुज्रिरहेको भारतको परम्परागत मित्र राष्ट्र नेपालमा चीनको ठुलो लगानी भएको बताएको द हिन्दुमा प्रकाशित समाचारमा उल्लेख छ ।

भारतीय सेनाअध्यक्ष नरवाणेले नेपाल लगायतका भारतका छिमेकी देशहरुमा चीनले प्रभाव बढाउंदै लगेको र सीमा क्षेत्रमा समेत यथास्थितीलाई बदल्न खोजेको प्रयासले द्धन्द्ध निम्तेको दावी गरेका छन् । उनले यसबाट भारतको उत्तर-पश्चित क्षेत्रको सुरक्षा लाई प्रत्यक्ष असर गर्न सक्ने चेतवानी समेत दिएका छन् ।

बेल्ट एण्ड रोड इनिसियटिभमार्फत चीनले क्षेत्रीय निर्भरता बढाउंदै लगेको र इन्डोप्यासेफिकमा चीन आक्रमक ढंगले आएको उनको भनाई छ । सेनाअध्यक्ष नरवाणेले अमेरिकाको इन्डोप्यासेफिकमा सक्रियता बढेपछि चीनले यस क्षेत्रका साना मुलुकहरुप्रति असहिष्णु व्यवहार देखाएको भन्दै अमेरिका र चीनको बढ्दो द्धन्द्धले क्षेत्रीय असन्तुलन र अस्थीरता बढाउंदै लगेको धारणा सेमिनारमा राखेका छन् ।