सीडीओलाई प्रदेश मातहत राख्न गृहमन्त्रीलाई प्रदेशका मन्त्रीहरूको सुझाव


काठमाण्डु- उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरूले छलफल गरेका छन् । आइतवार गृहमन्त्रालयमा प्रहरी समायोजनबारे गृहमन्त्री श्रेष्ठसँग उनीहरुले छलफल गरेका हुन् ।

साथै उक्त छलफलमा प्रदेश मन्त्रीहरुले प्रमुख जिल्ला अधिकारीलाई पनि प्रदेशको संरचनामा राख्न सुझाव दिएका छन् । समायोजनका लागी आवश्यक निर्णय लिन माघ १७ मा प्रधानमन्त्रीले राष्ट्रिय परिषद् समन्वय समितिको बैठक बोलाएका छन् ।

सो बैठकअघि गृहमन्त्रीसँग प्रदेशका मन्त्रीहरूले छलफल गरेका हुन् । सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ को दफा २२ बमोजिमको विषयगत समितिको बैठकमा कमान्ड सिस्टम मिलाउन प्रजिअलाई पनि संरचनागत रूपमा प्रदेशको कानुनमा बाँध्नुपर्नेमा प्रदेश मन्त्रीहरूले जोड दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement