परराष्ट्रमन्त्री श्रेष्ठ ९ दिनको भ्रमणका लागि चीन जादैँ


काठमाण्डु- उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन भ्रमणमा जादैछन । चैत्र १९ गतेसम्म ९ दिनको यस भ्रमणमा परराष्ट्रमन्त्री श्रेष्ठ राती ११ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् ।

मन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा औपचारिक चीन भ्रमण जान लागेका हुन् । उनको भ्रमण चैत १९ गतेसम्म रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणमा रहँदा उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी वाङसँग द्विपक्षीय भेटवार्ता र बेइजिङ तथा अन्य प्रान्तहरूमा विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement