चीन भ्रमणबारे जानकारी गराउदैँ परराष्ट्रमन्त्रीले भने- भारतसँग पनि छलफल गर्न तयार छु


काठमाण्डु- उप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणबारे संसदमा जानकारी गराएका छन् । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणबारे संसदमा जानकारी गराएका हुन् ।

उनले चीनसँग छलफल गरे झैँ भारतसँग पनि आफूले छलफल गर्न चाहेको बताए । नेपाल भारत सम्बन्धमा इतिहासले छाडेका कतिपय विषय रहेकाले कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने उनको भनाइ छ ।

‘हामी भारतसँग पनि गम्भीर प्रकारले हार्दिकताका साथ छलफल गर्न चाहन्छौं । तर अहिले भारतमा लोकसभा चुनाव हुन लागेकाले तत्काल उच्चस्तरको भ्रमण हुने अवस्था छैन । नेपाल भारत सम्बन्धमा इतिहासले छाडेका कतिपय विषय छन् । ती विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ।’, परराष्ट्रमन्त्री श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement