राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

मंगलबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

भेटमा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले पुर्‍याएको मानवीय तथा भौतिक क्षति, खोजी, उद्धार तथा प्रभावितहरूलाई राहत, अस्थायी आवासको व्यवस्थापन तथा दीर्घकालीन पुन:स्थापना लगायतका विषयमा कुराकानी भएको थियो ।

राष्ट्रिय सभाका कामकारबाही, चालू अधिवेशनको प्रभावकारिता र नयाँ विधेयकहरूको अवस्थाका बारेमा पनि छलफल भएको थियो ।