जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रियसभा अध्यक्ष दाहाल चीन जाने

जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रियसभा अध्यक्ष दाहाल चीन जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष नारायण दाहालको नेतृत्वमा एक ठूलो प्रतिनिधिमण्डल चीन जाँदैछ ।

‘हिमालय पारि : चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा युशु इन्टरनेशनल नेपाल व्यापार आदानप्रदान शृंखला’ शीर्षक कार्यक्रममा सहभागी हुन अध्यक्ष दाहालको नेतृत्वका ठूलो प्रतिनिधिमण्डल चीन जान लागेको हो ।

दाहालले नेतृत्व गर्ने प्रतिनिधिमण्डलमा मन्त्रीहरू, राष्ट्रिय सभा सदस्यहरूलगायत करिब २२ जना रहनेछन् । राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएपछि दाहालको यो पहिलो औपचारिक चीन भ्रमण हुनेछ ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षको अवसरमा दुई देशबीचको मैत्रीपूर्ण सहकार्यलाई थप मजबुत पार्ने र सांस्कृतिक तथा व्यापारिक आदानप्रदान प्रवद्र्धन गर्ने उद्देश्यसहित चीनको छिंगहाई प्रान्तको युशु सहरमा कार्यक्रम आयोजना हुँदैछ ।

प्रतिनिधिमण्डल चीन जाने भए पनि मिति निश्चित भएको छ । सुरुमा भ्रमण जुलाई १० बाट हुने भनिएको थियो तर राष्ट्रिय सभाको व्यस्त कार्यतालिकाका कारण भ्रमण सारिएको हो । तर भ्रमण जुलाईको दोस्रो हप्तासम्म हुनेछ । दाहालको नेतृत्वमा को-को चीन जाने अहिले तय भइसकेको छैन ।

प्रतिनिधिमण्डलले ‘सिल्क रोड र नयाँ यात्राको थालनी’ नामक कार्यक्रममा भाग लिनेछ, जहाँ दुवै देशका नेता र अधिकारीहरूले पछिल्ला सात दशकको राजनीतिक, आर्थिक, सांस्कृतिक यात्राका विषयमा समीक्षा गर्ने र बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लगायतका नयाँ सम्भावनाहरूका बारेमा गहन छलफल गर्नेछन् ।

हालका दिनमा चीनले विभिन्न दलका नेता, प्रतिनिधिमण्डल, अधिकारी, सञ्चारकर्मी, थिंक ट्यांकका सदस्यहरूलाई चीनमा निम्त्याएर आफ्नो प्रगतिको प्रदर्शन तथा नीतिगत सक्रियताका विषयमा जानकारी गराउँदै आएको छ ।

दाहाल नेतृत्वको टोलीले चीन–नेपाल व्यापार प्रवद्र्धनमा परिवहन सहकार्यले पु¥याउने योगदानबारे विशेष कार्यक्रममा पनि भाग लिनेछ ।

भ्रमणका क्रममा चिनियाँ र नेपाली व्यवसायी, व्यापार विज्ञ, सरकारी अधिकारीहरूबीच गहन छलफल हुनेछ । उनीहरूले नेपाल–चीन व्यापारको वर्तमान अवस्था, विशेषता, चुनौतीहरू लगायत विषयमा समीक्षा गर्नेछन् ।